केदार कार्कीलाई भोट दिन मिल्ने विषय होइन, मध्यावधिलाई जोगाउन विश्वासको मत दिनेछौं: पुर्वमुख्यमन्त्री राई

 न्यूज विराट
केदार कार्कीलाई भोट दिन मिल्ने विषय होइन, मध्यावधिलाई जोगाउन विश्वासको मत दिनेछौं: पुर्वमुख्यमन्त्री राई

विराटनगर । एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको मर्म र भावनालाई आत्मसाथ गरेर एमालेले गरेको मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

कोशी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राईले संघीय सत्तारुढ गठबन्धनको निर्णयअनुसार विश्वासको मत दिने बताए । उनले मुख्यमन्त्री कार्कीले भविष्यमा गठबन्धनको मुख्यमन्त्रीका रूपमा अगाडि बढ्नुपर्ने बताए । उनले मुख्यमन्त्री कार्कीले भविष्यमा गठबन्धनको मुख्यमन्त्रीका रूपमा अगाडि बढ्नुपर्ने बताए ।

‘अहिलेकै जसरी मुख्यमन्त्री हुनुथियो भने सायद प्रस्ताव हामीलाई केदार कार्कीलाई भन्दा पहिले आएको थियो होला । दशौं पटक आएको थियो । उद्धव थापा, इन्द्र आङ्बोलाई पनि नगएको होइन । यो तरिकाले मुख्यमन्त्री हुने हो भने हामी पहिल्यै हुन सक्थ्यौं,’ उनले भने, ‘सबैभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव । ४ जना भएपछि उहाँहरूको काम चलिहाल्थ्यो । त्यसो हुँदा सबैभन्दा पहिला आयो । त्यसकारण कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म, भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकारेनौं, मुख्यमन्त्री भएनौं ।’ केदार कार्कीलाई सिद्धान्ततः विश्वासको मत दिन नहुने राईको भनाइ थियो । उनले प्रदेश सभा विघटन भई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि विश्वासको मत दिने बताए । सिद्धान्ततः भोट दिन मिल्ने विषय होइन । तर, मध्यावधिलाई जोगाउनुपर्छ भन्ने जनताको चाहना छ । त्यो चाहनालाई कदर गर्दै गठबधनको निर्णय छ, केदार कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने,’ उनले भने ।

उनले सरकार गठनका क्रममा कोशी प्रदेश सभामा दुःखद् अभ्यास भएका भन्दै असन्तुष्टि जनाए । उनले प्रदेश सभाको मर्यादा धुलिसात हुँदै गएको पनि बताए । प्रदेश सभाको मर्म, आत्मा कोमामा पुगिसकेको अवस्था छ । एक हिसाबले भन्ने हो भने यो प्रदेश सभा विघटन भएर मध्यावधिमा लगेर ताजा जनादेश ल्याएर यसको आत्मालाई पुनर्जिवित गर्नुपर्ने अवस्था निर्माण भएको छ,’ उनले भने । हाकाहाकी संविधान र कानुनका प्रावधान उलंघन भएको पनि उनको भनाइ थियो । मुख्यमन्त्री केदार कार्कीले सिर्जना गरेको गठबन्धन अस्वाभाविक रहेको पनि राईको भनाइ थियो । ‘कांग्रेसबाट विद्रोह गरेको ८ जना र एमालेको सरकार स्वाभाविक गठबन्धन थियो भने ठिक ७ दिन अगाडि एमालेको मुख्यमन्त्री रहँदा विश्वासको मत किन दिन सकेन, यो गठबन्धन सही हो भने हिक्मत कार्कीले पनि विश्वासको मत प्राप्त गर्नुपर्थ्यो नि त,’ उनले भने । सांगठनिक अराजकता र जनादेश विपरीत कार्की गएको पनि उनको भनाइ थियो । राईले प्रदेशको नामाकरण पुनः हुनुपर्ने मागलाई बेवास्ता नगर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

बिरामीमा कोरोना देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

बाँके, २७ जेठ-बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरूपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका २ बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल  बन्द गरिएको हो । अछामस्थित बयलपाटा अस्पतालले...

आजदेखि खुल्दै सेयर बजार

काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...

सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण...

पूर्व प्रधानन्याधिशहरुले भ्रम सृजना गर्न खोजे:मन्त्री ज्ञवालीले

विराटनगर, २५ पुस-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाएका छन् । बुद्धीजीवी परिषद् मोरङले विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ओली समूहका...

विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई...

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार बिहान डा. महतलाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका हुन् । १४औँ महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीमा लडेका महत पराजित भएका...

घरबाट मोबाईल चोरी गरि भागेका २ जना पक्राउ

विराटनगर, साउन –मोबाईल चोर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर १३ स्थित सैनिक टोलको एक घरबाट मोबाईल चोरी गरि भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले सप्तरी...

कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाई  सकियो, रिट ‘हेर्दाहेर्दै’मा

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीका विषयमा सर्वाेच्चमा परेको रिटको  सुनुवाइ सकिएको छ । बुधबार  बहस  सकिएको हो । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।  दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्