फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

 न्यूज विराट
फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए ।

प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने,“प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ । हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ । तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ । प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीले सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनु पर्छ ।” मुख्यमन्त्री कार्कीले धेरै प्रहरी कार्यालयहरु अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेश गर्दै यस्तो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।

कार्कीले साँझमा मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफो कलको वास्ता नगरी कार्वाही अघि बढाउन निर्देशनसमेत दिए । भने,“कसैले आफै कानूनको उलङ्घन गर्छ भने कार्वाही हुनुपर्छ । पहुँचको आधारमा सुरक्षा नदिनुहोस ।”
त्यस अवसरमा उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोला सम्मानित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुखलाई छनोट गरेको थियो । नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन ((एयष्अिभ द्यबतयल २०८० को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरुमध्ये कोशीको व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका उल्लेख गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार बास्तोलालाई मुख्यमन्त्री कार्कीले प्रदान गरे । त्यस अवसरमा प्रहरी परिवारलाई पनि सम्मानित गरिएको थियो ।

सम्बन्धित समाचार

बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै...

सकियो एमाले स्थायी कमिटी बैठक, यी हुन् निर्णय

काठमाडौं, साउन १-नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा आज भएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । माधव...

करिब १ करोडको सुनसहित तीन जना पक्राउ

काठमाडौं, माघ २९–प्रहरीले करिब १ करोड रुपैयाँबराबरको सुनसहित तीन जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरूलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो । पक्राउ...

नागरिक मञ्चको १० बुद्धे माग

विराटनगर । नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० शुत्रिय माग राखेको छ ।विराटनगरमा आइबार पत्रकार सम्मेलन गरी उनीहरुले बैंकहरुले कृषी र अन्य कर्जाको ब्याजदर घटानुपर्नेलागयतका विभिन्न १० शुत्रिय माग राखेको हुन् । उनीहरुले कोभिड...

कांग्रेसको निष्कर्षः बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन

काठमाडौं, १६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको...

शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग

काठमाडौं, २८ वैशाख-नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेललाई भेटेर महासंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षकको तलब बढाउन माग गरेको हो । ‘विद्यालयका कर्मचारी र...

विराटनगर महानगरको पहलमा म्याक्स हस्पिटलमा ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ४ कात्तिक–विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चौकमा आजदेखि ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्