विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण
शुक्रबार, २६ असोज, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो ।
यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड एकाउन्टेट बन्न सक्छन् र एसिसिए कोर्षको स्कोप विश्वव्यापी रुपमा रहेको एजुकेशनका डाइरेक्टर शैलेन्द्र सिवाकोटीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो कोर्ष धेरै उपयोगी कोर्ष हो,’ उनले भने । यस कोर्षमा एसईई पछि नै विद्यार्थी आवद्ध हुन सक्छन् । प्लस टु, व्याचलर, मास्टर्स, सिए अध्ययनरत तथा अध्ययन सकेका विद्यार्थीले पनि यो कोर्ष अध्ययन गर्न पाउँछन् ।
साढे तीन वर्षको अवधिमा यो कोर्ष सकिने एसिसिएका कोअर्डिनेटर मनिस साहले बताए । प्लस टु सकेर अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले प्लस टुसँगै यो कोर्ष पनि पढ्न सक्छन् । पढ्दापढ्दै बाहिर गएपनि विश्वको जुनसुकै देशमा गएर पुरा गर्न सकिने र पास गरेका विषयहरुको आधारमा विश्वब्यापी रूपमा रोजगारको अवसर पाइने उनले बताए । ‘विद्यार्थीले जुन लेभल कटाएका छन् । सोही अनुसारको जागिर पनि पाउँछन्,’ उनले भने, ‘दक्ष तथा अनुभवी सिए र एसिसिएले पढाउने हुँदा विद्यार्थीलाई शिक्षालय एजुकेशन फाउन्डेशनमा नै गुणस्तर शिक्षा दिन सफल भएका छौं ।’
बिहान र दिउँसो एजुकेसनमा कक्षा संचालन हुनेछ । एसिसिए सर्टिफाइड भएपछि विश्वको जुनसुकै स्थानको काम घरमा नै बसेर पनि गर्न फाउन्डेसनका निर्देशक भरत सापकोटाले बताए । यस कोर्षमा हरेक क्षेत्र र तहका विद्यार्थीहरुले पढ्न पाउने अबसर प्राप्त हुने उनले बताए । उच्च शिक्षा अध्ययन तथा कामका लागि विदेश जान चाहने विद्यार्थीका लागि झनै बढी राम्रो अवसर हुने उनको भनाइ छ । ‘प्लस टु पछि उच्च शिक्षा अध्ययनको लागि बाहिर जाने प्रचलन बढ्दो छ । जसले गर्दा हरेक नेपाली विद्यार्थीले आफ्नो क्षेत्रमा सम्मानजनक काम पाउन कठिन छ तर एसिसिए गरेर जादा आफ्नो लेवलको काम पाउने हुदा विश्वमा यसको महत्व दैनिक रूपमा बढ्दो छ,’ उनले भने ।
अन्तर्राष्ट्रियस्तरको प्रोफेसनल कोर्ष भएको कारणले नेपालमा पनि अनलाइन तथा फिजिकल रोजगारको अबसर बढ्दो रहेको छ । जुन विषय फेल भयो त्यो मात्र दिदा हुने, हरेक ४–४ महिनामा जाँच दिन पाइने लगायत धेरै सुबिधाका कारणले युके बोर्डको चार्टर्ड एकाउन्टेन्ट कोर्ष नेपाल र ईन्डियन बोर्ड भन्दा धेरै सहज र महत्वपूर्ण रहेको छ । अब विद्यार्थीहरुलाई काठमाडौं जानु नपर्ने र आफ्नो शहर विराटनगरमानै गुणस्तर शिक्षा प्राप्त गर्न शिक्षालय एजुकेशन फाउन्डेशनलले सहज गराएको अर्का निर्देशक लक्ष्मण ढकालले बताए । एसिसिए कोर्समा भर्ना खुलिरहेको र इच्छुक विद्यार्थी र अभिभावकले सम्पर्क गर्न सक्ने उनले बताए । यो एसिसिए कोर्षले विद्यार्थीहरुलाई रोजगारी ग्यारेन्टेड शिक्षा दिने बताए ।
यस कोर्षको संसारका १८१ भन्दा बढि देशहरुमा मान्यता रहेको छ । यो कोर्षको ४- ४ महिनामा परीक्षा हुन्छ र एक वर्षमा ४ वटा हुन्छ । यो व्यवसाहिक शिक्षा भएकाले यसको माग दिनप्रतिदिन बढ्दो रहेको छ । काठमाडौँबाट आएका एसिसिएका प्रशिक्षक मनिस अग्रवालले विद्यार्थीहरुलाई एसिसिएबारे ओभरअल जानकारी दिए । उनले एसिसिएको माग दिनप्रतिदिन बढ्दै गएकोले पनि विद्यार्थीको आकर्षण बढेको बताए । नेपालबाट एसिसिए गरेका विद्यार्थी संसारका कुनै पनि ठाउमा गएर रोजगारी गर्ने सर्टिफिकेट प्राप्त गर्ने बताए । फाउन्डेसनमा २१ जना विद्यार्थी भर्ना भएको निर्देशक भुपाल मिश्राले जानकारी दिए । भर्ना भएका विद्यार्थीले सिए भर्ना भई दुई वर्ष पढेको र पास हुन नसकेकोले एसिसिए पास गर्न सजिलो भएको भर्ना भएक विद्यार्थीले बताए । असोज २८ गते आइतबारदेखि कक्षा सञ्चालन हुनेछ । उक्त कार्यक्रममा फाउन्डेशनका अन्य निर्देशकहरु भेषराज पोखरेल, ज्ञान बहादुर खड्का र प्रदीप कुमार भगतको पनि उपस्थिती रहेको थियो ।
विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको...
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...
धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...
भोजपुर, ९ वैशाख-छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द...
बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...
विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–...