नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

 न्यूज विराट
नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड पाएको हो ।

यो अवार्ड नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्य प्रसाद भट्टराई र निवर्तमान अध्यक्ष उदय श्रेष्ठले ग्रहण गरेका थिए ।

सात सयभन्दा बढी पर्यटकीय गन्तव्यहरू मध्ये नेपाल टुरिजमको क्षेत्रमा उत्कृष्ट रहेको भन्दै हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिपमेन्ट अवार्ड प्रदान गरेको हो । भारतले विभिन्न २० विधामा अवार्ड बितरण गरेको थियो । भुटानले पनि अवार्ड पाएको छ ।


अवार्ड बितरण कार्यक्रममा नेपालको उत्कृष्ट पर्यटकीय गन्तब्यकोे डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नाट्टा कोशि प्रदेशका अध्यक्ष पुण्य प्रसाद भट्टराईले घुम्नको लागि नेपालमा मनोरम पर्यटकीय गन्तव्यहरहरू रहेको जानकारी गराउँदै घुम्न आउन अग्रह गरे ।
सोही अवसरमा नेपाली संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरी कार्यक्रम थप रमाइलो भएको थियो ।

सम्बन्धित समाचार

धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...

बाँकेमा आरडिटीबाट कोरोना परीक्षण सुरु

बाँके, २९ चैत-बाँकेमा कोभिड–१९ को र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण सुरु भएको छ ।भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...

पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा लग्ने तयारी

विराटनगर । सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा संचालन गर्ने तयारी गरेको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले दुई विमानस्थलको व्यवसायीक...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो । मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२...

उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण

मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...

हिमालय दर्शन कलेजमा एकहप्ते उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख...

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्