फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा
सोमबार, ०८ असोज, २०८०,
न्यूज विराट
विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् ।
नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देवकोटाले यस्तो बताएकी हुन् ।
चाँडै स्थानीय तहहरुमा फर्मासिस्ट नियुक्ति प्रक्रिया अघि बढाइने उनले बताइन् । फर्मासिस्टहरुको दरबन्दी रहेका स्थानमा नियुक्ति प्रक्रिया अघि बढाउनुका साथै उचित सम्मानको वातावरणसमेत मिलाइने उनले बताइन् । ‘जहाँ औषधि कारोबार हुन्छ त्यहाँ फर्मासिस्ट अनिवार्य राखिनुपर्छ’, उनले भनिन् । सरकारले फर्मासिस्टको पढाइमात्र होइन्,अध्ययन पूरा गरेकाहरुलाई रोजगारी पनि दिनुपर्ने बताइन् । उनले सबै अस्पताल र स्थानीय तहहरुमा फर्मासिस्टहरु नियुक्ति हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागिहरुले जनताको स्वास्थ्य ठिक गर्न सरकारबाट मात्र सम्भव नभई सक्षम जनशक्ति बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । दक्ष जनशक्ति बनाउनका लागि तालिम दिनुपर्ने बताउँदै डाक्टर, फर्मासिस्ट नर्सिङ ल्याब र रेडियोग्राफी सबै मिलेर रोगविरुद्ध लड्न एक हुनुपर्ने उनीहरुले बताए ।
औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाले फार्मेसीप्रतिको आकर्षण बढ्दै जानु सकारात्मक भए पनि केही गलत व्यक्तिका कारण औषधि व्यवसाय क्षेत्र नै बद्नाम हुन दिने अवस्था आउन नहुने बताए । गलत व्यक्तिको प्रवेशलाई व्यवस्थित गरी व्यवसायलाई नागरिकप्रतिको विश्वास गर्ने अवस्थाबाट विमुख हुन दिनु नहुने उनले बताए । उनले लाईसेन्स भाडामा लगाएर व्यवसाय सञ्चालन गर्ने जो कोहिलाई औषधि व्यवस्था विभागले कारबाही गर्न सक्नुपर्ने बताए । ‘औषधि व्यवसाय डाक्टर डोमीनेटेड रहेको छ,’ उनले भने, ‘डाक्टरले ब्रान्डमा ध्यान दिने गरेकाले समस्या हुने गरेको छ, यसलाई औषधि व्यवस्था विभागले नियमन गर्नु जरुरी छ ।’
नर्सिङ संघका सचिव तथा नर्सिङ क्याम्पस विराटनगरका प्रमुख मेनुका भण्डारीले व्यवसायिक रुपमा संस्थाहरू आफ्नो हक–हितका लागि नलाग्दासम्म कुनै पनि संस्थाको संस्थागत विकास हुन नसक्ने बताइन् । एलाइट फर्मासिटिकलका संचालक सुवर्ण भक्त जोशिले भारतबाट फर्मासिस्टको जनशक्ति ल्याउनुपर्ने अवस्थाको अन्त्य गरेर स्वदेशमा उत्पादनमा राज्य लाग्नुपर्ने बताए । ‘केही समय अगाडी औषधी ९५ प्रतिशत भरातबाट आयत हुने गरेको थियो । अहिले त्यो अवस्था छैन्,’ उनले भने, ‘५५ प्रतिशत स्वदेशि उद्योग बाट औषधीको उत्पादन हुने गरेको छ ।’ यसरी उत्पादन भएको औषधीको गुणस्तर बनाउने जिम्मेवारी फर्मास्सिटको काँधमा रहेको उनले बताए ।
निजी हस्पिटल एसोसिएसनका (अफिम) कोशी प्रदेशका अध्यक्ष डाक्टर शंकर अधिकारी विरामीलाई सचेत बनाउन पनि फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने गरेको बताए । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्यीय प्रदिप कुमार दास, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका सचिब सुर्यनारयण चौधरी, नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिब डा. राजेन्द्र चौधरी, नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रालगायतले स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण एकजुट भएर आफ्नो हकअधिकारमा लडनुपर्ने बताए ।
सोही अवसरमा चार जनालाई सम्मान गरिएको छ । सरकारि सेवाबाट अवकास प्राप्त भएका स्वास्थ्य क्षेत्रका गणेश तामाङ, दुर्गाराज भण्डारी, धिरन्नद झा र सुककर्ण चौधरीलाई कदर पत्र र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २...
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उनले बताए । त्रिशुली- ३ बी प्रसरण लाइन र सबस्टेसनको...
विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...
विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...
डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो ।विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले...
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...