विराटनगरमा दशैं फुट फेस्टिबल हुने, २५ वटा स्टल रहने

 न्यूज विराट
विराटनगरमा दशैं फुट फेस्टिबल हुने, २५ वटा स्टल रहने

विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो ।

मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजना फेस्टिबल हुन लागेको विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
फुड फेस्टिवलमा नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातका २० देखि २५ वटा जातीय परिकारको खानाको स्टल रहने मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । विगतका भन्दा भव्य र सभ्य तरिकाको फुट फेस्टिबल हुने उनले बताए । फेस्टिवलको अवधि भरी राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुतीले थप रमाइलो हुने उनले बताए । फुड फेस्टिवल सम्पन्न गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
यस पटकको फेस्टिवलमा स्टल पनि छुट्टै तरिकाको गर्ने योजना रहेको भाजु युवराज फाउण्डेसनका यूनेशराज श्रेष्ठले बताए । यसअघि बाँस लगाएर स्टल बनाउने गरेको थियो । यस पटक बाँस नभए आकर्षक स्टर बनाउने उनले बताए । स्टल शुल्क भने आयोजकले अहिले तोकेको छैन । केही दिनपछि शुल्क तोक्ने उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रदेश ५ को अति विकट...

छुटे महरा, कारागार बाहिर भव्य स्वागत

काठमाडौं, फागुन ५–पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि महरा केहीबेर अघि छुटेका हुन् । डिल्लीबजार कारागार बाहिर उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता एवं उनका शुभचिन्तकले माला,...

कोरोना उपचार कोषमा सांसदहरुले दिए १ करोड

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोष कट्टी गरेको छ । सचिवालयले सभामुख, अध्यक्ष उपाध्यक्ष, नेकपाका सांसद सचिवालयका कर्मचारी लगाएको कोष कट्टी गरी एक करोड एक लाख ३२...

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

विराटनगर, बैशाख २१-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक...

यसरी नेपालमा भित्रिसकेको थियो कोरोनाको भाइरसको ओम्रिकोन भेरियन्ट

काठमाडौं, २० मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ । अफ्रिकामा २३ कात्तिकमा संकलन गरिएको नमूनामा...

कोशी प्रदेश सभाको बैठक ३ बजे बस्दै, बैठक चलाउने मन्सुरीले पनि मुख्यमन्त्रीलाई भोट हाल्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको हो । आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको...

निरन्तरको वर्षाले डुवानमा विराटनगर ( फोटो फिचर)

विराटनगर । गएरातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो । सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसेलिया खोलाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्