बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

 न्यूज विराट
बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल पुरस्कृत भएका छन् । मोरङ प्रहरीमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको हो ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै कटुवाललाइ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरस्कृत भएका प्रनानी कटवालले मोरङ र सुनसरी जिल्लामा श्रृङखला बद्द भएको लुटपाटको घटनामा संग्लग्न ब्यक्तिहरुलाई पक्राउ गर्नुका साथै ड्युटीमा खटिएको प्रहरी टोलीलाई आक्रमण गरी घाइते बनाइ लुटेर लगेको प्रहरीको चाइनिज पेस्तोल समेत बरामद गर्न सफल भए । केही दिन अगाडी सुनसरीको बर्जुमा डियुटिमा खटिएको प्रहरी टोलीलाई कुटपिट गरी हतियार लुटने समूहलाई कटुवालले पक्राउ गरेका थिए । यसरी अपराध अनुसन्धानमा कटुवालले उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार रघुनाथ मण्डल पनि पुरस्कृत भएका छन् । मण्डलले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागि आवश्यक पर्ने फर्निचर, स्थानीय स्तरमा उपलब्ध साधनश्रोतको अधिकतम सदुपयोग गरी विभिन्न किसिमका फर्निचरहरू निर्माण गरी कार्यालयको सौन्दर्यीकरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको हो ।

प्रदेश प्रहरीले बिगत देखी नै हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको र सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्य बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको डिजिटल डिस्प्लेमा तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार

इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।मोरङले सप्तरीलाई ७ विकेटले...

भारततर्फ लाँदै गरेको ६० लिटर अवैध घरेलु मदिरा बरामद

सप्तरी , बैशाख २८–सप्तरीमा पछिल्लो समय अवैध घरेलु मदिरा भारत तर्फ तस्करी हुने गरेको पाइएको छ । सप्तरीका विभिन्न सीमा नाकामा बन्दाबन्दीको मौका छोपी अवैध मदिरा भारत तर्फ ओसार पसार गर्ने गरेको पाइएको हो ।...

हिसान स्पोर्ट्स मिट : दौडमा अर्किड र मेरिल्याण्डलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको दौड प्रतियोगितामा अर्किड कलेज र मेरिल्याण्ड कलेजले जितेको छ ।मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर...

विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ । कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।...

सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

प्रहरी हिरासतको पर्खाल भत्काएर ६ थुनुवा फरार

विराटनगर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्