भारतमा बन्यो कोरोनाको औषधि
एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल भएको हो । यसको पुष्टि मङ्गलवार भएको छ ।
कोशी प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको ‘संविधान कार्यान्वयन : चुनौती र समाधान’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा शिक्षादीप कलेजका छात्र र छात्रा दुवै विधामा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
एक दर्जन विद्यालयलाई पछि पार्दै छात्रातर्फको प्रथम शिक्षादीप कलेजकी कक्षा १२ मा विज्ञान सङ्कायमा अध्ययनरत एन्जल राई भइन् । छात्रतर्फको प्रथम पनि शिक्षादीप कलेजकै कक्षा ११ मा अध्ययनरत सुगम ढकाल घोषित भए ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरूबाट अध्यापन भएपछि शिक्षादीपका विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुने गरेका छन् । स्थापनाकाल देखिनै सधैँ टप टेनमा पर्न सफल शिक्षादीपमा पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । विज्ञान र व्यवस्थापन सङ्काय पढाई हुने शिक्षादीपमा अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेको छ ।
उत्कृष्ट हुने विद्यार्थीहरूलाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त पुरस्कार वितरण कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, निर्देशक भूपेन्द्र दाहाल र कार्यक्रम संयोजक नविन कुमार रोय को पनि उपस्थिति रहेको थियो ।
यसै गरी छात्रातर्फको द्वितीय बिकेभिएम स्कुलकी स्वीकृति अधिकारी र तृतीय सेन्ट म्यारिज स्कुलकी उषासिंह कार्की घोषित भइन् । छात्रतर्फको द्वितीय बिकेभिएका सफल तिम्सिना र तृतीय अरनिको कलेजका अनुक्रम काफ्ले भए ।
एजेन्सी, ३ जेठ । ३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री...
विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...
विराटनगर, १० भदौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो । प्रदेश १ का सचिवहरु मुख्यमन्त्री...
विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका छन। युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिकाको फ्लोरिडा शहरमा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी...
जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...
काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...
एजेन्सी, चैत २९-कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको...
पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.