वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेट मधेश र कर्णाली विजयी, सूदुर र लुम्विनीविच फाइनल खेल बुधबार
मङ्गलबार, २० कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले र्धिारित ५० ओभरको २० दशमलव ५ बलमा सवै विकेट गु्माई ७५ रनमा सिमित भयो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ बलमा २ मेडन राख्दै ६ रन मात्र दिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।
७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सिमित हुन पुग्यो । वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याचविपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले समान ३–३ विकेट लिए ।
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्विनीलाई १ विकेटले पराजित गरेको छ । यस खेल भन्दा अगाडि प्रतियोगितामा लुम्विनी एक मात्र अपराजित टोली रहेको थियो ।
टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सवै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्विनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका ्प्लेयर अफ द म्याच अविशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।
७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्विनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।
लिगको सवै खेल सम्पन्न हुँदा सूदुरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्विनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । त्यस्तै गण्डकी ६ खेलमा मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो, मधेशले पनि ६ खेलमा ३ मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकाका साथ पाँचौ स्थानमा, कर्णाली ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैठौ स्थानमा र कोशी ६ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ ।
राजविराज, ३ वैशाख-सप्तरीका २ स्थानीय तह सिल गरिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका शील गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको...
विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले...
विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै...
विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...
विराटनगर । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया...
विराटनगर । उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सबै...
विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...
विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...