‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा मेरो प्राथमिकता’
मङ्गलबार, २६ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् ।
एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले सञ्चार कर्मीहरूसँग मङ्गलवार परिचयात्मक कार्यक्रममा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर लागि पर्ने बताएका हुन् ।
ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने उनले बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनको भनाई छ ।
विराटनगर महानगरपालिका समन्वयमा विराटनगर क्षेत्रमा ट्राफिक लाइट राख्ने तयारी गरिएको उनले जानकारी दिए । ‘ट्राफिक व्यवस्थापनको लागि विराटनगरको मुख्य चोकहरूमा ट्राफिक लाइट जडान गर्ने तयारी भएको छ,’ उनले भने । उनले सवारी साधनको सहज आवागमनको लागि विराटनगरको रोड शेष देखि बरगामीसम्मको सिक्सलेनको सडकको एकतर्फी भागमा पार्किङ निषेध गरिएको बताए ।
आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गरिने बताए । ‘मैले यी दुई काम गर्छु, जसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनेछ तर अन्त्य गर्छ भनेर अहिले भन्दिनँ’, उनले भने, ‘ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै धेरै सहज हुन्छ त्यही अनुसार काम गर्छौँ ।’
विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले खानेपानी, स्वाथ्यर र सरसफाइमा केन्द्रित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्लबले स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा बखरी स्वास्थ्य चौकीकी...
विराटनगर । अन्तर विद्यालय यु–१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरस्थित दिल्ली पब्लिक स्कुल(डिपिएस) ले जितेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा टाइब्रेकरमा अपूर्ण स्कुललाई ६–५ गोलले पराजित गर्दै डिपिएसले उपाधि जितेको...
काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...
विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...
विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । ...
विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...
विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं...