ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी
सोमबार, २५ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।
प्रतियोगितामा विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीहरूले भाग लिएको कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले जानकारी दिए । विज्ञान सङ्काय अध्ययन गर्दै आएका विद्यार्थीहरूले कलेजको कक्षा कोठामा निश्चित समय सीमा भित्रमा ओजोन तह विनाश र यसको संरक्षणका उपायहरूको बारेमा निबन्ध लेख्नेछन् । प्रतियोगितामा भाग लिएका मध्ये उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कृत गर्ने निबन्ध प्रतियोगिताको संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उत्कृष्ट हुने विद्यार्थीहरूलाई कलेजले विज्ञान दिवसको दिन भव्य कार्यक्रम आयोजना गरी पुरस्कृत गर्ने विज्ञान सङ्काय संयोजक नवीन कुमार रायले बताए ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्दै विद्यार्थीलाई अध्ययनशीलसँगै निबन्ध लेख्न उत्प्रेरणा जोगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल खड्काले बताए । ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु पर्ने उनले बताए ।
गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको शिक्षादीप कलेजमा अध्ययनबाहेक अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै आएको छ । यसरी अतिरिक्त क्रियाकलाप गर्नुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने कलेजका निर्देशक भूपेन्द्र कुमार दाहालले बताए ।
विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...
विराटनगर, २ साउन–नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाई प्रभावकारी बनाउन माग गरेका छन् । संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने ,...
विराटनगर । मोरङको क्षेत्र नंः २(१) बाट नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले १५ हजार ३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका...
विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको हो । यो प्रतियोगितामा विवाहित...
विराटनगर । मोरङको सुन्दरहरैंचा नगर अस्पतलामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझी...
विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै...
एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...
काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...