सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

 न्यूज विराट
सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी प्रभु प्रसाद ढकाल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई धारनमा बस्दै आएका १८ वर्षीय निखिल भन्ने नकुल राई र भोक्राहा नर्सिङ गाउँपालिका २० वर्षीय रन्जित कुमार साह पक्राउ गरेको थियो । हत्या गरेको पाँच दिन पछि प्रहरीले घटनामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरीको अनुसन्धानबाट वृद्धा महिलाले लगाएको सुन लुट्ने नियतले धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । वृद्धा महिलाको हत्या निखिलले गरेका थिए । निखिल लागू औषध प्रयोगकर्ता थिए । उनीहरु अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् ।

यसैगरी घरायसी विवादको कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरे । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या आरोपमा भुजेलले इटहरी ६ का २७ वर्षीय वेदप्रकाश मण्डलसँग मिलेर धारिलो हतियार प्रहार गरी असोज २२ गते शनिवार हत्या गरेको सुनसरी प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

हत्या आरोपमा सुनसरी प्रहरीले उनीहरुलाई गत असोज २४ गते पक्राउ गरेको थियो । भुजेल र मण्डलले चौधरीको इटहरी ६ नेशनल गल्ली प्रवेश गर्ने स्थानमा धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा शनिवार मृत्यु भएको थियो ।

यस्तै साउन ५ गते बेलुका ५ः१५ बजेतिर ईटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जंगलमा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको साही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रहरीले रोहितको हत्या भएको १२ दिनेपछि गिरोहका मुख्य नाइके दिपक तिम्सिनासहित ६ जनालाई पक्राउ गरेको थियो । प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना, धरान १४ का ३४ वर्षीय अनसन तामाङ, विराटनगर १५ का ४१ वर्षीया अजय कुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भइ धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीया सुजन तामाङ्गलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तहरुले चारकोसे झाडीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोह रहेको पनि खुलेको थियो । दिपकसहितको तीन जनाको समूहले २०८० असार ८ गते साँझ साढे ६ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका १७ खैरेनी जंगलमा लुटपाट भएको थियो । एक जना महिलालाई नडाहबाट धरानतर्फ जाँदै गर्दा ३ जना अज्ञात व्यक्तिहरुले लाठी र खुकुरी देखाई उनले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मंगलसुत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटापट भएको थियो । लुटपाट गरेर तीन जना फरार भएका थिए ।

आर्थिक वर्ष ०७९- ०८० मा ५१९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट १४५ बर्ष ८ महिना २५ दिन कैद भुक्तान भएको छ भने ३० लाख १३ हजार ३८१ रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्षमा ४ करोड ५१ लाख ५० हजार ६६८ रुपैयाँ राजस्व संकलन भएको छ ।

उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । सुनसरी प्रहरी प्रमुख भएर एसपी प्रभु प्रसाद ढकाल एक वर्ष सुनसरीमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । ढकालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंजमा नियमित सरुवा भएको हो । उनले कार्यकालमा सुनसरीमा गम्भीर प्रकृतिका अपराध गरी फरार अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरमा ल्याएका छन् ।
फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका अभियुक्त घटना घटाएर २४ वर्षसम्म फरार भएका प्रतिवादीलाई सुनसरी प्रहरीले विशेष प्रहरी खटाएर पक्राउ गरेको छ ।
‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी ढकालले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जितिदिन लुकीछिपी वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन् भन्ने सन्देश पनि दिएको एसपी ढकालले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी ढकालले भने ।

सम्बन्धित समाचार

एमालेमा १० बुँदे कार्यान्वयन शुरू, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत

नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय...

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

काठमाडौं, २३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य...

विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर...

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं, १ असोज-राष्ट्रियसभामा मनोनीत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले शपथग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथग्रहण गराएका हुन् । गौतमलाई राष्ट्रियसभा सदस्य राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत...

लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

विराटनगर, ७ असार-सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन ।  पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मण कुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान...

कृषि विकास बैंक क्षेत्रीय कार्यलयद्धारा सामग्री हस्तान्तरण

विराटनगर, २४ असार । संखुवासभाको मकालु गाउँपालिका हेदाना ३ गोलेचौर स्थित हिमालय माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । सो विद्यालयलाई कृषि विकास वैंक लिमिटेडले संस्थागत उत्तरदायित्व अन्तर्गत डेल कम्पनीको ल्यापटप ५ थान ,...

इटहरी रंगशालको आइसोलेसन प्रभावकारी

विराटनगर, १० जेठ । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्