धार्मिक सहिष्णुता कायम गरौं : सांसद भिम पराजुली

 न्यूज विराट
धार्मिक सहिष्णुता कायम गरौं : सांसद भिम पराजुली

विराटनगर । कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले धर्म निरीपेक्ष रहेको मुलुकमा धार्मिक सहिष्णुता कायम गरेर अगाडी बढनुपर्ने बताएका छन् । धरानमा गोरुको मासु खाएको दृश्यात्मक सामग्रीका विषयमा सद्भाव बिथोल्ने किसिमका हर्कतहरू भइरहेका बेलामा प्रदेश सभा सदस्य पराजुलीले धार्मिक अराजकता सृजना कसैले पनि गर्न नहुने बताएका हुन् ।

त्यति मात्रै नभई धरानमा भदौ ९ गते एउटा पक्षले धरानलाई चोख्याउने भन्दै स्टाटस पोष्ट गरिरहेको छ । धार्मिक अतिवाद र द्धन्द्ध सृजना हुन नदिन सबै पक्ष संयमित हुन आवश्यक रहेको विराटनगरमा बिहीबार संचारकर्मीहरुसँग पराजुलीले बताए । ‘हामीले धार्मिक द्वन्द्व, हिंसाहरू सुन्दै र देख्दै आइरहेका छौँ । त्यस्तै प्रकृतिको द्वन्द्व र हिंसाको वीजारोपण हुने सङ्केत देखिएको छ । त्यसकारण बहुल पक्ष संयमित बन्नुपर्ने अवस्था आएको छ । सामाजिक सञ्जालमा जसरी आरोप प्रत्यारोपका शृङ्खलाहरू बढेका छन् । यसले कसैलाई हित गर्दैन । हेर्दा धर्म, संस्कृतिसँग जोडिएको विषयजस्तो लागे पनि यो विल्कुल राजनीतिक विषय हो । त्यसकारण यसलाई टुङ्ग्याउनका लागि पनि समाजका अगुवा, राजनीतिक दल, धरान उपमहानगरपालिकामा बढी संवेदनशील बन्नुपर्ने देखिएको छ,’ प्रदेशसभा सदस्य पराजुलीले बताए ।

धर्म संस्कृतिको नाममा कसैले पनि बिकृति फैलाउन नहुने उनले बताए । ‘यहाँ फरक धर्म, फरक सम्प्रदाय, फरक संस्कार र संस्कृतिका मानिसहरूको साझा थलो हो । एकले अर्कालाई निषेध गरेर गएको आजसम्म थाहा छैन । तर, यतिबेला जुन किसिमका अभिव्यक्ति र पोष्टहरू आइरहेका छन् । त्यसले अनिष्टको सङ्केत गरिरहेको छ । यो अनिष्टको वीजारोपण कसले र कुन पक्षले ग¥यो भन्नेभन्दा पनि यस्तो परिस्थिति निर्माण हुन नदिन सबै लाग्नुपर्दछ ,’ उनले भने ।

सम्बन्धित समाचार

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने

काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...

बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...

कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित

विराटनगर । कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक बुधवार बसेको प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको हो । २४...

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौंडा, २४ जेठ-शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौंडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका-६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्