मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

 न्यूज विराट
मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् ।

बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको माग विपरीत उपसभामुख दनुवारले भने आजका लागि समय तय गरेकी थिइन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।

यहीबीच थापालाई विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामुखलाई अनुपस्थित गराउने आशङ्का गरिँदै आएको थियो । उक्त आशङ्कालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौँ लागेकी हुन् ।

यसअघि हिजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका ज्येष्ठ सदस्यहरूलाई बिदामा बस्न लगाएको छ । उनीहरूले ‘घरायसी समस्या’ देखाउँदै संसद् सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन् ।

थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेको हो । सभा सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत ९४७० सङ्ख्या पुर्‍याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।

सम्बन्धित समाचार

राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने...

हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन...

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका...

प्रविधिमैत्री बन्दै कानेपोखरीको सरस्वती आधरभूत विद्यालय

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको...

महेन्द्र मोरङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका जसवन्त पौडेल निर्वाचित

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू अध्यक्षमा नेपाली काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् । पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत...

१६ जनाकै परिक्षणमा कोरोना संक्रमण नभएको पुष्टि

विराटनगर, चैत १५–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको १६ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका सबै १६ जनामा नै कोरोनाको संक्रमण नभएको पाइएको छ । प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, विराट र भरौल भेट्रान्स विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैंचाको विराट भेट्रान्स र भरौल भेट्रान्स क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा धरान पूर्वेली भेट्रान्स क्बललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्