विराटनगरका सिद्धान्तको रहस्मय मृत्यु प्रकरण : अनुसन्धान फितलो भएको गुनासो, कडा कारवाहीको माग

 न्यूज विराट
विराटनगरका सिद्धान्तको रहस्मय मृत्यु प्रकरण : अनुसन्धान फितलो भएको गुनासो, कडा कारवाहीको माग

विराटनगर । विराटनगर – १० का २३ वर्षीया सिद्धान्त भट्टराईको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको मृतक परिवारले गुनासो गरेका छन् ।

सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको मृतक परिवारको गुनासो छ ।

साउन २३ गते सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि सिद्धान्तको शव भेटिएको थियो । घटनको प्रकृति हेर्दा छोरा सिद्धान्ताको दुर्घटना नभएर हत्या भएको बावु सुरेशले बताए । ‘छोराको अपहरण गर्न खोजिएको थियो । त्यो पुरा हुन नसकेपछि हत्या भएको छ,’ बावु सुरेशले भने, ‘छोराको हत्या भएको घटनामा प्रहरीले गहन रुपमा अनुसन्धान नगरेको पाइएको छ । यतिका दिनभइसक्यो अहिलेसम्म पोस्मार्टम रिपोटबारेमा पनि परिवारलाई जानकारी गराएको छैन ।’ प्रहरीले घटनाको सुष्म तरिकाले अनुसन्धान गरी दोषीलाई कडा कारवाही हुनुपर्ने उनले माग राखेका छन् ।
घटना भएको यतिका दिनसम्म पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बारे जानकारी नदिएको भन्दै उनले गुनासो गरे । उनले मोरङमा बसोबास भएको व्यक्ति सिराहाको होटलमा मृत फेला पर्दा प्रहरी पीडित परिवारमैत्री नभएको उनले बताए ।

भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका थिए । उनको घाँटीको सिक्री र पाइन्टको गोजीमा मोबाइल तथा पर्स भएपनि हातको घडी र चस्मा अझैसम्म फेला परेको खबर आएको छैन । को.१ च ९१७२ नम्बरको पिकअप जिपमा मार्केटिङका लागि गएका थिए । गाडीका चालक सागर रायसँग सहदेव होटेलमा खाजा र खान खाएपछि उनी बाहिर निस्केका थिए । राति १ बजेतिर होटेलका सञ्चालकले उनको मृत्यु भएको भन्ने खबर प्रहरीलाई गराएका थिए ।
गत मंगलबार पाथीभरा कापी उद्योगको व्यापारीक काम लिएर मिर्चैया पुगेका भट्टराई सहदेव होटलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटल नजिकैको अर्को होटलमा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले पीडित परिवारले अहिले नै अनुसन्धान नभएको भन्न नमिल्ने बताए । उनले पीडामा परेकाहरुलाई तत्काल न्याय चाहिने भएपनि अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको बताए । ‘होटलका सञ्चालक बाबु–छोरालाई पक्राउ गरिएको भएपनि बाबु शम्भुलाई छोडिएको थियो,’ उनले भने, ‘शम्भु साह भागेका छन्, छोरा हाम्रो नियन्त्रणमै छन्, अनुसन्धानको काम विभिन्न कोणबाट भईरहेको छ ।
प्रहरीले घटना भएको होटलबाट लागुऔषध कारोबार हुने सूचना पाएपछि छापा हानेको थियो । त्यस क्रममा लागुओषध समेत बरामद गरेको बस्नेतले जानकारी दिइएको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरेर निष्कर्षमा पु¥याउने दावी छ ।

सम्बन्धित समाचार

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

कोशी प्रदेशमा कामचलाउ मुख्यमन्त्री को ?

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गर्ने आदेश दिएपछि कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विवाद देखिएको छ । सर्वोच्च अदालतले सात दिनभित्र साउन १७ गतेसम्म नयाँ सरकार बनाउन भनेपछि त्यो बेलासम्म...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

माधव नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने, बालुवाटार पनि नजाने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...

एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ । विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्