नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

 न्यूज विराट
नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो ।

नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विराटनगरमा नाट्टाको सातौं अधिवेशन गर्ने निर्णाय भएको वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले जानकारी दिए । सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सातौं अधिवेशन तयारीको काम तीब्ररुपमा भईरहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष भट्टराईले जानकारी दिए । ‘भव्य सभ्य तरिकाले सम्मेलन गर्न हामी लागि परेका छौं,’ उनले भने, ‘अहिले तयारी तिव्र भइरहेको छ ।’
नाट्टाको बैठकमा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भएको ट्राभल एजेन्सी दर्ता शुल्क ५ लाख रुपैयाँबाट घटाएर १ लाख रुपैयाँ बनाएको, भारतका ८० भन्दा बढी ट्राभल व्यवसायीलाई सहभागी गराएर मेचीनगरमा पर्यटन सम्बन्धी कार्यक्रम गरेको, नेपालका २० भन्दा बढी पर्यटन व्यवसायीको साथमा भारतको सिलीगुडी, गुवाहाटी, र शिलोङ तथा ‘नर्थ इष्ट सेल्स मिसन ’ सम्पन्न गरिएको , बिर्तामोर्डमा हस्पिटल र पर्यटन व्यवसायीहरुको ५० भन्दा बढी स्टल सहित ‘हेल्थ टुरिजन मार्ट’ सम्पन्नलगायतका थुप्रै कार्यक्रम गरिएको जानकारी गराएको छ ।
कोशीमा नाट्टामा आवद्ध ६० जना सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

पर्शुराम बस्नेतले गरेको निलम्बन खारेज, खेलकुद समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योञ्जनको पुनर्बहाली

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योन्जन तामाङ्गको पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।प्रदेश खेलकुद विकास...

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

रुसमा संक्रमितको संख्या ३ लाख ९६ हजार नाघ्यो

विराटनगर, जेठ १७–रुसमा हाल सम्म कोरोना संक्रमितको संख्या ३ लाख ९६ हजार नाघेको छ । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र ८ हजार ९ सय ५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख...

प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

विराटनगर, २३ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

बीएलएस र एसीयलएस’ तालिमको लागि न्यूरो र सेमाबीच सम्झौता

विराटनगर । ‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेन्टर फर इमर्जेन्सी मेडिकल एडभान्समेन्ट (सेमा) बीच सम्झौता भएको छ । आगमि दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्