जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो
शनिबार, २७ साउन, २०८०,
न्यूज विराट
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनद्वारा संयुक्तरुपमा आयोजित जोनल फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जितेको छ ।
युवा दिवसको अवसर शनिबार विराटनगर शनिहाटस्थित स्पोर्टस् हबमा अहायोजित प्रतियोगितामा रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेज विजयी भएको हो ।
युवाहरुको शारीरिक र मानसिक विकासका लागि खेलकुद निकै आवश्यक भएकाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले बताइन् ।
प्रमुख अतिथी रोटरीयन लिडर बेनीगोपाल मुण्दडाले द्वीप प्रज्वलन गरि सो फुटसल प्रतियोगितको उद्घाटन गरे । प्रतियोगितामा रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका अन्य तीन वटा रोट्रयाक्ट क्लब र इटहरी र धरानका रोट्रयाक्ट क्लबहरुको सहभागीता रहेको थियो ।
फाइनल राउण्डमा रोट्रयाक्ट क्लब अफ धरान उक्त प्रतियोगिताको उपविजेतामा सिमित रह्यो । प्रतियोगिताबा विजेता र सहभागी खेलाडीहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले ट्रफी र प्रमाणपत्र वितरण गरिन् ।
प्रतियोगितामा मेडिकल पार्टनरका रुपमा न्युरो अस्पताल रहेको थियो भने डेल्टा टायरले टिसर्ट स्पोन्सर गरेको थियो । खेलाडीहरुलाई युनिक फास्टफुडले खाजाको व्यवस्था मिलाएको थियो ।
प्रतियोगितामा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी सेक्रेटरी संगीता सिंघानीया, क्लबका पदाधिकारीहरु, रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी, सदस्यहरु, रोटरीयन र उनीहरुका परिवारका सदस्यहरुको उपस्थिती रहेको पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।
मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...
अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...
काठमाडौं । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज...
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...
प्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो। ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल...
काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...
विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...
एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...