‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

 न्यूज विराट
‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

 

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला दुइ दशकभन्दा बढी पुरानो संस्था हो ।

विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । नयाँ टेक्नोलोजी र अटोमेटेड मेसिनबाट ल्याब परीक्षण हुने गरेको कारणले यहाँको प्रयोगशालामा विरामीको पहिलो रोजाइमा पर्ने गरेको छ । विराटको ल्याब आईएसओ र बायोर्याड सर्टिफाइड प्रयोगशाला हो । यसै विषयमा न्यूज विराट डटकमले विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिका प्रशासन प्रमुख अमित कुसवाहासँग गरिएको संक्षिप्त कुराकानी :

ल्याबहरूमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ भन्ने विरामीको जनगुनासो रहेको छ । विराटको ल्याबले कसरी विरामीलाई रिपोर्ट दिइने गरेको छ ?

– विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि बायोर्याड र आइएसओ सँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको छ । विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर, यहाँ डाक्टरले भेरिफाइ गर्छन् । हामीसँग प्याथोलोजिष्ट छन् । एक जना माइक्रोबायोलोजिष्ट सहितको ९० जनाको टिमले विराटको ‘बी क्याटेगोरी’ मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता हात पारेको छ ।
उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेका छन् । विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान । यही कारण पनि हामीले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ ।

धरैका ल्याबको रिपोर्ट फरक–फरक आउने गरेको छ । विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले क्वालिटी कन्ट्रोल कसरी गरेको छ ?

– विराट नर्सिङ होमको ल्याबले सरकारले तोकेको मापदण्ड पुरा गरेको छ । यस बाहेक हामीले अन्तर्राष्ट्रिय मापदण्ड पनि पुरा गरेर प्रयोगशाला संचालनमा ल्याएका छौं । पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकूल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ । आईएसओले बनाएको मापदण्डअनुसार विराटको ल्याब्रोटोरीमा काम हुन्छ । प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ । हाम्रा मसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन जाँच गरेर हेर्छौँ । यो क्रममा कुनै मसिनले ठीक भ्यालु निकालेको छैन भने पहिला नै थाहा हुन्छ । डेटामा पनि उत्तिकै काम हुन्छ ।


इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ । त्योचाहिँ प्रत्येक महिना हुन्छ । एक्सटर्नल क्वालिटी कन्ट्रोल (अमेरिकाको बायोर्याड) प्रत्येक महिना स्याम्पल पठाउँछ । त्यसलाई हामीले मसिनमा रन गर्छौँ, डेटा अनलाइनबाट सबमिट गर्छौँ । नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालु निकाल्छ । मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ । एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वाभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको छ । मेसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ । यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौँ ।

ल्याबमा नमूना परीक्षणको लागि कस्तो उपकरणहरू रहेको छ ?

– विराटनगरको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका रहेका छन् । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ । केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौँ । क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिँदैनौँ । प्याथोलोजीको सम्पूर्ण सेवाहरु छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको, रहेको छ । ब्रेस्ट क्यान्सर पत्ता लगाउने म्यामोग्राफी पनि यहाँ रहेको छ । त्यसको लागि हामीले नयाँ मेसिन ल्याएको छ । ६४ स्लाइस सिटी स्क्यान, १.५ टेस्लाको एमआरआइ, डिजिटल ए–क्सरे रहेको छ । ओपीजि र सेफ्लोमेट्रि उपकरण पनि आएको छ । यस्तै इसिजी, इइजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, टिएमटी, एफएनएसीलगायतका उपकरणहरुबाट सेवा प्रदान गरिदै आएको छ । बोनडेनसिटी मेसिन पनि ल्याउने तयारी गरिएको छ ।

सेम्पल कलेक्सनको लागि संङ्कलन केन्द्र स्थापना गर्नुभयो । कहासम्म विस्तार गर्ने योजनामा हुनुहुन्छ ?

– बिरामीलाई स्थानीय स्थरमा घरमै बसेमा विराट नर्सिङ होमभित्रको ल्याब सेवा दिने उद्देश्यले रगत संकलन केन्द्र स्थापना भएको हो । अहिले सुनसरीको इनरुवामा रगत सङ्कलन केन्द्र स्थापना भएको छ । विस्तारै सुनसरीको इटहरी, धरान, झापा र सप्तरीहुँदै कोशी प्रदेशभरी विस्तार गर्ने योजना रहेको छ ।
विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ । बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।
सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने गरिएको छ । विराट नर्सिङ होमको तीन किलोमिटर वरीपरि सेम्पल कलेक्सन घरमै पुगेर दिने गरेका छौं ।

सम्बन्धित समाचार

आफ्नो धर्म, संस्कृति र परम्परालाई बचाइराख्न मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, कला र संस्कृतिमा विराटनगर धनी रहेको बताउनुभएको छ ।हलुलाई समाज कल्याण सेवा समिति केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर...

७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियोः मुख्य मन्त्रीहरू

काठमाडौं, चैत २–संघीय सरकार र ५ वटा प्रदेशका मुख्यमन्त्रीले ७ वटै प्रदेशमा कोरोना भाइरस परीक्षण गर्न ल्याब स्थापना गर्नुपर्ने माग गरेका छन् । प्रदेश सरकारलाई कोरोना भाइरससँग लड्न बजेटको आवश्यकता भएको र उक्त बजेट संघीय...

आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...

‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले लकडाउनको समयमा पनि सरकारको कामप्रति भएको विरोध बुझ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा सरकारको काममा हजारौँले कालो झण्डा देखाएको हेर्न पनि प्रधानमन्त्री...

प्रचण्डसहित ५ सचिवालय सदस्यले भोलि ९ बजे ओलीलाई भेट्ने

काठमाडौं, २१ कात्तिक-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले भोलि बिहान ९ बजेट प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार भेटको समय जुरेको हो । प्रधानमन्त्री...

विराटनगरमा आज एकैदिन ११९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमाशनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सुवालले...

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्