कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि भएका पहिचानवादीसँग वार्ता गर्ने : मुख्यमन्त्री थापा
शुक्रबार, २६ साउन, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापाले यस्तो बताएका हुन् ।
मन्त्रीपरिषदले पूर्णता पाएपछि पहिचानवादीसँग छलफलको लागि बार्ता गरिने उनले बताए । मुख्यमन्त्री थापाले प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताए । जसपालाई सरकारमा सहभागी गराउनका लागि सरकार प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार बनेको हो ।
जसपाकी निर्मला लिम्बू आज मन्त्री बन्दै छिन् । लिम्बूले नामकरणको विषयमा सरकारले ठोस धारणा सार्वजनिक गरेपछि मात्रै सरकारमा सहभागी हुने बताएकी थिइन् ।
उनको आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम रहेको मुख्यमन्त्री थापाले बताए । लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने तयारी छ ।
१६ गते मुख्यमन्त्री भएका थापाले भोलि पल्टै कांग्रेसका प्रदीप सुनुवार, माओवादीका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।
नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य भएको थापाको भनाइ रहेको छ ।
विश्वासको मत लिएपछि मात्रै वार्ता टोली बनाउने उनले बताएका छन् । गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरिएको थियो । नामको विरोधमा कोशीमा आन्दोलन चलिरहेको छ ।
विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् । जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का...
विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने...
काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...
काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।...
एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...
एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...
काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...