विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन सहज हुनेगरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताउनुभयो ।
यसपटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरको प्राविधिकसहितको निरीक्षण टोलीमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका बाबुराजा ओझा, कैलाश रेग्मी, कृष्ण कार्कीलगायतको सहभागिता रहेको थियो ।
काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले...
विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...
काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...
नेकपाको ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि आइतबार ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गर्ने भएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको...
विराटनगर, १३ कात्तिक । नेकपा (एमाले) मोरङको पालिका अधिवेशन अन्तर्गत शनिबार सुनवर्षी नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भेडुवाथानमा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको...
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...
विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...
विराटनगर, १५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा दुई सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका पाँच जना...