विराटनगरको एस्पायर कलेजको उत्कृष्ट नतिजा, पाँच जना विद्यार्थीले ल्याए ४ जिपिए
बिहिबार, २५ साउन, २०८०,
न्यूज विराट
विराटनगर । काठमाडौ बिश्वविद्यालयबाट संचालित विराटनगर १४ मा रहेको एस्पायर कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वजनिक भए सँगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गरेका हुन् ।
कलेजका पाँच जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यसरी ४ जिपिए ल्याउने बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहाल रहेका छन् । ८ जना बिद्यार्थीहरुले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३.२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएको कलेजले जनाएको छ ।
यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आफूहरुको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफुहरु सफल हुन सकेको बताए । त्यस्तै कृतिज्ञा कटवालले बिद्यार्थी मैत्री सिकाइ बातावरण भएका कारण छोटो समयमा नै आफुहरुमा अध्य्यन प्रती रुचि जागेको र कक्षाका सम्पुर्ण बिद्यार्थीहरु उच्च जिपिएका साथ उतिर्ण हुन सफल भएको बताइन् ।
कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौ बिश्वबिद्धालयको उत्कृष्ट शिक्षण विधि तथा बिद्यार्थीहरुको सामुहिक तथा ब्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको बताए । सुचना प्रबिधि बिषय प्रती बिद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उहाँको भनाइ छ ।
कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको बताए । बिद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पुर्वाधारमा बिशेष ध्यान दिइएको उनको भनाई छ । काठमाडौ बिश्वबिद्धालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको उनले बताए ।
परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि बिद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले बताए । यो प्रथम सेमेस्टरको परीक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो । बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत बिद्यार्थीहरुलाइ हौसला प्रदान गरिएको कलेजले जनाएको छ ।
काठमाडौ बिश्वबिद्धालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि बिद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत...
कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...
संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।...
पर्सामा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते...
नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...
विराटनगर, जेठ २५–मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री...
विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टको नेतृत्वमा सरकार बन्दा जहिल्यै देशले दुख पाएको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो...
विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा विधार्थीहरुलाई युवा रोजगार र दुव्र्यसनी सम्वन्धी अन्र्तक्रिया आयोजना गरेको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीको आयोजनामा विराटनगरमा सोमबार युवा विधार्थीहरुलाई युवा रोजगार र...