विराटनगर । पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिएमात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
चुनावका वेला जातिय संघसंगठन पछि हट्ने र पहिचानविरोधी पार्टीलाई मत हाल्नाले पनि नेतृत्व गर्ने स्थानमा आदिवासी जनजातिको पहुँच नपुगेको उनीहरुले बताए । नेतृत्वमा आफ्नो पहुँच पु¥याउन आदिवासी जनजाति एक हुनुपर्नेमा उनीहरुले बताए ।
नेपाल आदिवासी जनजाति महासंघका प्रदेश अध्यक्ष धुव्र सुब्बाले राज्यबाट बहिष्करणमा परेकै कारण जनजातिहरुले अधिकार देऊ भन्दै माग गरिनुपर्ने अवस्था आएको उनले बताए । ‘हामी निषेधको राजनीति गर्दैनौं,’ उनले भने, ‘आफ्नो अधिकार स्थापित गर्न सबै एकजुट भएर लाग्नुपर्दछ ।’
विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...
काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...
विराटनगर, साउन १४–कोरोना भाईरसको संक्रमणका कारण मोरङका एक व्यक्तिको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ का का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगरमा अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि सुनसरीको धरानस्थित वीपी...
विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेस युनियन मोरङका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा...
विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् । नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले...
विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...
काठमाडौं, ५ फागुन । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । यससँगै हालम्म ११ हजार ९ सय ११ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार...
विराटनगर, ११ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...