विराटनगर । राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड दिएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा विराटनगरमा आइतबार भएको राजनीतिक दलमा लैंगीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयन अन्तर विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले राजनैतिक दलमा महिला नेतृत्वको संख्या बढ्नुपर्ने धारणा राख्दै संघ, प्रदेश र स्थानी तहको सरकारमा पनि महिलाको सहभागिता बढाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै पुरुषबादी चिन्तनको कारणले महिलाले अवसर नपाएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश विश्वकर्माले बताए । कोशी प्रदेशको पाँच जिल्लाको ३९ पालिकामा ५९२ महिला जनप्रतिनधीहरुलाई राजनैतिक पहुचमा महिला सशक्तीकरण गर्नको लागि कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक नीलम ढुङ्गेलले जानकारी दिइन् । मोरङको ९ पालिकामा ११४ जना महिला जनप्रतिनधीको क्षमतिा अभिवृद्धी गर्दै महिला सशत्तीकरण कार्यक्रम भइरहेको उनले बताइन् ।
कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष बावुराम कार्कीले महिलाहरुलाई नेतृत्वका लागि आफैं अग्रसर हुन आग्रह गरे । ‘नेतृत्व दिएर मात्र होईन, लिन समेत अग्रसर हुनुपर्छ’ उनले भने, ‘सशक्तिकरणका माधयमबाट क्षमता विकास गरी हरेक क्षेत्रको नेतृत्व सम्हाल्न महिला आफैं अग्रसर हुनुपर्दछ ।’ महिला सशक्तिकरण पहिलो आवश्यकता बताउँदै उनले त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्र कटहरीका अध्यक्ष किशोर कुमार पाण्डले महिला आन्दोलनले एक उचाई प्राप्त गरिसकेको उल्लेख गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले महिला र दलित महिलाहरुको सशक्तिकरणको माध्यमबाट चेतनाको स्तर रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखे । कार्यपत्र प्रस्तुत गर्दै दलित महिला केन्द्र नेपालकी उपाध्यक्ष लक्ष्मी परियारले गएको निर्वाचनमा गठबन्धनको कारणले धेरै महिलाहरुले अवसरबाट बन्चित हुनुपरेको बताइन् । राजनैतिक सहभागिता नै महिला पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सशक्तिकरणका लागि राजनैतिक दलहरु अग्रसर हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय तहका जनप्रतिनधी र सरोकारवालाहरुको उपस्थती रहेको थियो ।
विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...
विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले...
प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...
काठमाडाैं, २२ असार-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...
इलाम, २२ असार-‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको...
काठमाडौं, २२ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नाश नुहने बताएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन् । विभिन्न ठाउँमा डिस्इन्फेक्सन...
काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताए ।समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उनले बताए । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण...
जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक...