कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

 न्यूज विराट
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए । आज बिहान १० बजे लिने भनिएको शपथ ग्रहण भागबन्डा मिलाउन ढिलो हुँदा थापाले साँझ साढे ५ बजे मात्रै शपथ लिएका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।

सम्बन्धित समाचार

विराटनगरको केभिएम स्कुलमा विज्ञान प्रर्दशनी, दुई दर्जन बढी स्टल

विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् । विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले...

संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि शिलापत्रसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा...

मोरङ ४ मा अमनलाल मोदीको अग्रता कायमै

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...

कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त हुँदै

काठमाडौं, २९ साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ...

टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...

भारतले दिएको कोरोराविरुद्धको १० लाख खोप नेपाल आइपुग्यो

विराटनगर, ८ माघ । कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्धको १० लाख डोज खोप आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतिय...

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्