विराटनगर ८ मा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु
आइतबार, १४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । प्रकोपको रुपमा डेङ्गी रोग फैलिन थालेपछि विराटनगर महानगरपालिकाले रोग लाग्न नदिन सावधानी अपनाउन थालेको छ । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको हो ।
डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ ।
डेङ्गी रोगको सम्भावित महामारीको तयारी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट अभियान अन्र्तगत टोल संगठनका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, वडाका सरोकारवाला व्यक्तिहरु, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरुका लागि आज एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र वडाका स्वास्थ्यकर्मीहरुले डेङ्गी रोग र यसका रोकथामका उपायहरुबारे सचेतना दिनु भएको थियो । विराटनगर ८ का विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन तथा टोल संगठनहरुसँग समन्वय गरी टोल–टोलमा डेङ्गी खोज तथा नष्ट अभियान सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विराटनगर ८ मा हालसम्म डेङ्गी रोगबाट कुनैपनि व्यक्ति संक्रमित भएका छैनन् ।
एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...
रुपन्देहीको सिमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार सीमाबाट हुन सक्ने आवाजजावतलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइएको छ । रुपन्देहीको मर्चवार क्षेत्रदेखि ५...
रुकुम, ७ असार-सोती मुद्दामा आज ९ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । जाहेरीवालातर्फका ६/७ वकिलले अझै बहस गर्न बाँकी...
विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...
विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार...
तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो । स्थानीय रामबहादुर...
एजेन्सी, बैशाख ३१-भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई लिकमा फर्काउनका लागि राहत प्याकेज घोषणा गरेकी छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राहत प्याकेज घोषणा गरेकी...