मुख्यमन्त्री कार्यालयले विमानस्थलमा झण्डावाला गाडी नपठाएपछि निवासतिर लागे हिक्मत कार्की

 न्यूज विराट
मुख्यमन्त्री कार्यालयले विमानस्थलमा झण्डावाला गाडी नपठाएपछि निवासतिर लागे हिक्मत कार्की

विराटनगर । सर्वोच्चको फैसला पछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी नपठाएपछि पूर्वमुख्यमन्त्री हिक्मत कार्की विराटनगर विमानस्थलबाट निवासतर्फ लागेका छन्। यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थिए।

हिजोसम्म काठमाडौंमा रहेका कार्की शुक्रबार बिहान साढे ९ बजे जहाजबाट विराटनगर पुगेका थिए। उनी विराटनगर आउनुअघि उनको सचिवालयले मुख्यमन्त्री कार्यालयमा फोन गरेर गाडी पठाइदिन भनेको थियो।

‘कार्कीको सचिवालयले विराटनगर विमानस्थलमा गाडी पठाइदिनू, मुख्यमन्त्री आउँदै हुनुहुन्छ भनेर खबर गरेका छन्,’ मुख्यमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘प्रमुख सचिव यही विषयमा छलफल गर्न प्रदेश प्रमुखको कार्यालयमा जानुभएको छ।’

मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि कार्की विमानस्थलबाट विपक्षी दलको संसदीय दलको नेताले चढ्ने गाडीमा चढेर आफ्नो निवासतिर गएका हुन्।

उनले आफूले मुख्यमन्त्री कार्यालयबाट गाडी नमागेको दाबी गरे।

‘मैले गाडी मागेको छैन, गाडी पठायो भने चढेर जान्छु। नभए केही काम फुकाउन परे जान्छु,’ उनले भने। सर्वोच्चले सात दिनभित्र नयाँ सरकार बनाउन भनेकाले आफूहरू बहुमत जुटाउनतर्फ लागेको उनले बताए।

कामचलाउ मुख्यमन्त्री आफैं भएको दाबी गर्दै कार्कीले बिहीबार आफ्ना मन्त्रीमण्डलका सबै सदस्यलाई मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्न भनेका थिए।

सर्वोच्चको बिहीबारको आदेशपछि उद्धव थापाको सरकार असंवैधानिक ठहर भएपछि हिक्मत कार्की नै कामचलाउ सरकारको मुख्यमन्त्री रहने एकथरिको तर्क छ। नयाँ सरकार नबनुन्जेल कामचलाउ मुख्यमन्त्री उद्धव थापा नै रहने सरकारी वकिलहरूको भनाइ छ।

सम्बन्धित समाचार

२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन

विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत...

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट : बिजेताले ८ लाख, उपबिजेताले ४ लाख पाउने

विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो ।...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

भारत पुगेर फर्केकालाई खाेज्दै प्रहरी, सप्तरीमा भेटिए १९ जना

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकाहरूकाे खोजी तीव्र पारिएको छ । यसै क्रममा साेमबार  सप्तरीमा आठ जना फेला परेका छन् । वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस...

एड्सजस्तै कोरोना कहिल्यै अन्त्य नहुन सक्छ : डब्लुएचओ

एजेन्सी, जेठ १-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वबाट कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअअ प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक...

गृहजिल्ला झापाबाट ओलीको उद्‍घोष- प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । ‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्