सर्वोच्चको परमादेशले ढल्यो उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार , अर्को सरकार गठन प्रक्रिया सुरु गर्न आदेश

 न्यूज विराट
सर्वोच्चको परमादेशले ढल्यो उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार , अर्को सरकार गठन प्रक्रिया सुरु गर्न आदेश

विराटनगर । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनको लागि परामदेश दिएको छ ।
मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो ।

अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न पनि सर्वोच्चले परमादेश दिएको छ ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका थिए ।

सम्बन्धित समाचार

मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...

विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी इन्स्पेक्टर घाइते

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदंगा भएको छ। घटनामा एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्। महतोले झार मार्न प्रयोग...

अर्किड कलेजमा विद्यार्थीको आकर्षण, कक्षा ११ को प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज (विहबार) प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी ९ सय ९७ जना विद्यार्थीले...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

सुर्खेत, ४ असार-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको छ । समुदायस्तरबाटै उपचार गराउन जेठको ३१ र ३२ गते दैलेखबाट आएका २ जना बिरामी र...

विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्