बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना

 न्यूज विराट
बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो ।

संचालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लड बाट ४ जना सम्म बिरामीले जिवनदान पाउने बिराट नर्सिङ्ग होम प्रा.लि.तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्कीले जानकारी दिए । विरामीलाई ब्लड प्रयोग गर्नुको सट्टा चाहिएको बल्ड फायक्टर प्रयोग गर्नु पर्ने बताए । ‘निजी क्षेत्रबाट संचालनमा ल्याएको यो पहिलो ब्लड बैंक हो,’ उनले भने, ‘विरामीको सहजताको लागि हामीले शिक्षण अस्पताल भित्र ब्लड बैंक स्थापना गरिएको हो ।’

अस्पतालमा भर्ना भएका विरामीलाइ रगत आवश्यक परे झण्डै हस्पिटलबाट ८ किलोमिटर टाढामा रहेको देवकोटा चोकको रेडक्रसमा जानुपर्ने अवस्था रहेको थियो । विराटमा ब्लड बैंक स्थापना भएपछि विरामीको उपचारमा सहज हुने हस्पिटलले जनाएको छ ।


‘अहिलेको लेटेस उपकरणहरु ल्याएर ब्लड बैंकमा राखिएको छ । यहाँ लामोसमयसम्म रगत सुरक्षित राख्न सकिन्छ । ठूला–ठुला माइन्स ८ डग्रीसम्मको फ्रिज रहेको छ,’ उनले भने, ‘दश वर्षसम्म ब्लड सेल्स राख्नसक्ने क्षमता रहेको छ ।’ विराटमा राखेको रगत खेर नजाउने उनले बताए । ‘ ब्लड बैंकको पनि स्टार हुने गर्दछ । अहिले ७ स्टारसम्म रहेको छ, उनले भने, ‘विराटमा रहेको पाँच स्टारको हो ।’


जनचेतनासँगै विराटको रक्तदान कार्यक्रम
विराट मेडिकल कलेज र विराट नर्सिङ्ग होमले जनचेतना मुलक कार्यक्रसँगै रक्तदान कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । कसैको रगतले अस्पतालको शैय्यामा रहेको विरामी बचाउन सकिने भएको कारणले जनचेतनासँगै रक्तदान कार्यक्रमहरु सामाजिक संघसंस्था सँग सहकार्य गरी आयोजना गर्दै आएको छ ।
बुधबार लायन्स कल्ब बिराटनगर शुभम र बिराट नर्सिङ्ग होम प्रा.लि.को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिराट नर्सिङ्ग होममा भएको रक्तदान कार्यक्रम ४५ जनाले रक्तदान गरेका थिए ।
क्लबकी अध्यक्ष उमिर्ला थापाको अध्यक्षतामा रत्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा बिराट नर्सिङ्ग होम प्रा.लि.तथा बिराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा.लि.का सि.ई.ओ. डा. निकिता कार्की, लायन्स क्लब ड्रिस्ट्रिक ३२५ का गर्भनर बिजय हरी शर्मा, पुर्व गर्भनर राजन खत्री लगायतका उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली

नेकपाका अध्यक्ष केपी ओलीले नेपाल विकासको सुरुङमार्गमा प्रवेश गरेको बताएका छन् । ओली समूहको नेकपाले आयोजना गरेको बृहत् सभामा बोल्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकासले तीव्रता लिएको बताएका हुन् । चीनसँग नेपाललाई जोड्न...

आज स्वस्थानी ब्रत समापन

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका...

मिल्दो जुल्दो नाम राखेकोप्रति न्यूरो अस्पतालको आपत्ती

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ती जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो...

पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा संक्रमण पुष्टि

काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...

लकडाउनमा प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी 

काठमाडौं, २९ जेठ-गृह मन्त्रालयले लकडाउन विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न अनुरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण...

इक्युवालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्