विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् । नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत सरोजले छात्र तर्फ र विराटनगरस्थित आर्दश स्कुलमा अध्ययनरत अंशुले उपाजित जित्न सफल भएका हुन् । पाँच किलोमिटरको दुरी सरोजले १६ मिनेट २५ सेकेण्डमा पार गरेका थिए भने अंशुले १८ मिनेट ५० सेकेण्डमा पार गरेका थिए । यस्तै प्रतियोगिताको छात्रातर्फको द्धितीय धरान हिमालय मेघाका किरण लिम्बु, तृतीय सिद्धार्थ पब्लिक हाइस्कुलका प्रसान तामाङ्ग घोषित भए । छात्रतर्फको चौथो अमर यादवर पाँचौ नविन तामाङ्ग भए ।
यसैगरी छात्रातर्फको द्धितीय आर्दश स्कुलकी अमृता राजवंशी, तृतीय शुस्मीता बस्नेत, चौथो अंजली मुखिया र पाँचौ अन्जु खवास भइन् । प्रतियोगिताको छात्र र छात्रातर्फको प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीहरुले क्रमश : १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँको साथै ट्रफि पाए ।
जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा एक सय ५० बढी विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको नेपाल खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्काले जानकारी दिए । विजेता हुने खेलाडीहरूलाई मदन भण्डारी फाउण्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पशुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, साना डंगोल, युवा व्यवसायी मनोज विक्रम शाहलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...
विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार...
विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका...
काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...
नेपालमा एकैपकट थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको सक्रमण देखिएको पुष्टि गरेको हो । तीनै जना सुदूरपश्चिम प्रदेशका बासिन्दा हुन् । मुम्बइबाट फर्किएका...
विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री...
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् । वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै...
काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...