सकियो ट्राफिक सप्ताह, मोरङ ट्राफिक प्रहरीको हप्ताभरी सचेतना कार्यक्रम

 न्यूज विराट
सकियो ट्राफिक सप्ताह, मोरङ ट्राफिक प्रहरीको हप्ताभरी सचेतना कार्यक्रम

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्तहा सोमबार सम्पन्न भएको हो ।

ट्राफिक सप्ताहको उद्घाटन असार १९ गते विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी शुभराम्भ भएको थियो । सप्ताह उद्घाटन भएपछि मोरङ ट्राफिक प्रहरीले पनि हप्ताभरी मोरङ जिल्ला सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले हप्ताभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल कुमार श्रेष्ठले जानकारी दिए । मोरङका १७ वटा स्थानिय तहहरुमा पुगेर ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको उनले बताए ।
पहिलो दिन प्रभातफेरी गरी सप्ताहको उद्घाट गरिएको थियो । सप्ताहको दोस्रो दिन तिब्र गति नियन्त्रण तथा पार्किङ निषेध क्षेत्रलाई कार्यान्वयन, पैदलयात्रीहरुलाई सुरक्षित सडक प्रयोग (जेब्राक्रस तथा सडकपेटीको प्रयोग) तथा चालकहरुलाई जेब्राक्रसमा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी सम्बन्धमा आवश्यक प्रशिक्षण कार्यक्रम संचालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सोही दिन चालकको सवारी चालक अनुमति पत्र तथा सवारी साधनसँग सम्बन्धित कागजपत्रको नविकरण तथा विमा गर्न लगाएको थियो ।

यसैगरी तेस्रो दिन मोटरसाईकल चालकलाई प्रशिक्षणर लेन अनुशासनको पालना प्रशिक्षण गराएको उनले बताए । सोही दिन बिभिन्न बिद्यालय तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई ट्राफिक सचेतना मुलक प्रशिक्षण गराएको, फुटपाथ – सडक अतिक्रमण गरी राखिएका सवारी साधन (अव्यवस्थित पार्किङ) तथा व्यापारिक प्रयोजनका सामाग्री एवं निर्माण सामाग्री हटाइएको, सडकमा भएका खाल्डा खुल्डिहरुलाई सरोकारवालाहरुसँगको समन्वयमा मर्मत गर्न लगाएको उनले बताए ।
यसैगरी चौथो दिन सिटी, ई–रिक्सा तथा स्कूल बसलाई प्रशिक्षण गराएको, सार्वजानिक यातायतमा आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गरिएको थियो । अशक्तहरुलाई सवारी साधनको प्रयोगमा प्राथमिकता दिन लगाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

यस्तै पाँचौ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाँच, स्थानिय मोटर ग्यारेजहरुसँग समन्वय गरी सवारी साधनको मेकानिकल चेकजाँच, बसपार्क, सिटी स्टेण्ड, म्याजिक स्टेण्ड तथा अन्य सवारी साधन पार्किङ गरेर राखेको स्थानमा चालक तथा सहचालकलाई प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
यस्तै छैटौ दिन सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाए नचलाएको पत्ता लगाउन लापसे अभियान सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरु भएको लापसे अभियानलाई निरन्तरा दिएर अगाडी बढाउने उनले बताए ।
अन्तिम सातौं दिन ट्राफिक प्रहरी कार्यालयमा हप्ताभरी आयोजना गरिएको कार्यक्रमको समिक्षा गर्दै सप्ताह कार्यक्रम समापन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै विराटनगर ९ का वडाअध्यक्ष विश्वनाथ भगतले ट्राफिक नियमको पालना गरी सवारी दुर्घटनमा न्युनिकरण हुने बताए । सडक अनुसानको पालना गरी अगाडी बढदा दुर्घटना न्यूनिकरण हुने उनको भनाई छ ।

सम्बन्धित समाचार

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

कोशी प्रदेशमा ३ असारबाट खेलकुदको कार्यक्रम सुरु, तेह्रथुमबाट हुँदैछ उद्घाटन

विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो । तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना...

रातो मच्छिन्द्रनाथको रथ : ललितपुरमा विशेष सुरक्षा

ललितपुर,  २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...

रोटरी क्लब अफ विराटनगरको पदस्थापन, अध्यक्षमा कबिन श्रेष्ठ

विराटनगर । रोटरी क्ल अफ विराटनगरको ४६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आइबार साझ एक भव्य कार्यक्रम आयोजना गरी रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । रोटरी क्लब अफ विराटनगरको रोटरी वर्ष...

टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

प्रधानमन्त्री ओली संखुवासभामा

काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्