‘३० दिन भित्रमा विश्वासको मत लिन्छु’ : नवनियुक्त मुख्यमन्त्री थापा
बिहिबार, २१ असार, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका नवनियुक्तमुख्यमन्त्री उद्धब थापाले ३० दिनभित्रविश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् । उनले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गरे । ‘यो गलत छ या यो ठीक छ भन्ने कुरा संविधानले नै यसविषयमा प्रष्ट पार्छ,’ थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौं । उहाँ सभामुखमात्रै होइन । प्रदेशसभाको सदस्यपनि हो । ९३ जनामै पर्नुहुन्छ । प्रदेशसभाको सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो ।’ सभामुखलाई विवादमापार्नुभयो उहाँको राजीनामा दिनुहुन्छ भन्ने प्रश्नमा थापाले भने, ‘सभामुखबाट राजीनामा हुँदैन ।’ उनले आफ्ना प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताए । ‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्धि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य,शिक्षा प्राथमिकतामा रहनेछ । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यामबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्छौं,’ थापाले भने । थापाले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पारे । उनले आफूहरुबीच आलोपालोको कुरा नभएको तर, गठबन्धनले नै समग्र कार्य अवधिभर काम सरकार चलाउने दाबी गरे । शुक्रबार शपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले राखेको छ । गठबन्धन दलबाट १÷१ जना सहभागी गराएर छरितो आकारको मन्त्रीमण्डल विस्तार हुने तयारी गरिएको छ ।
काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...
डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका...
विराटनगर, २० चैत -ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ ।बिहीबार शेर्पाको घरमा विद्युत सट भइ आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबर क्षति भएको हो...
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा...
काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...
विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...
विराटनगर – विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थोबिभागमा कार्यरत २२ वर्षीया स्टप नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर–४ बुढाथोकी मार्ग स्थित...