आगलागीबाट ६० लाख बढीको क्षति

 न्यूज विराट
आगलागीबाट ६० लाख बढीको क्षति

विराटनगर, २० चैत -ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ ।बिहीबार शेर्पाको घरमा विद्युत सट भइ आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबर क्षति भएको हो । आगलागीबाट शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, नगद रु २ लाख साठी हजार,  पसलको किराना सामानसमेत जलेर नष्ट भएको छ ।

छिमेकी टेकमान राई र पदम तामाङको घरमा समेत सामान्य क्षति पुगेको छ । आगलागी प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान साँढे ९ बजे नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

जब मुख्यमन्त्री राईले मन्त्रालयकै गरे अनुगमन…

विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...

प्रचण्डका कारण पार्टी अप्ठ्यारोमाः पोखरेल

काठमाडौं, १७ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र...

मेयर सराबगीका पिताको निधन

वीरगञ्ज, १५ भदौ-वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका बुबाको ७८ वर्षको उमेरमा निधन भएको छ ।  १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको हो ।  पछिल्लो समय भेन्टिलेटरमा उपचार गरिँदै आइएका...

विमानस्थलमा शंकास्पद वस्तुको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । विमानस्थलमा बम जस्तै शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा सतर्कताका लागि आन्तरिक उडानका...

बूढानीलकण्ठमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ, १२ जेठ -बूढानीलकण्ठ नगरपालिकामा थप १ जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ– ३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना...

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो । जितसँगै सप्तकोशीले नगद १५...

के हो ‘स्ट्रोक’ ?

डा. पंकजराज नेपाल वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक आर्या न्यूरो हस्पिटल विराटनगरएक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त...

सानेपामा एक भारतीयको शंकास्पद मृत्यु, टाउकोमा चोट

ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । ललितपुर महानगरपालिका- २ सानेपामा शंकास्पद अवस्थामा शव फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भारतीय नागरिक सत्यनारायण पारितको शव फेला परेको  लाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्