विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले फार्मेशी बन्द गरेर आन्दोलनमा उत्रिए । हस्पिटलले सिण्डीकेट कायम गर्न खोजेको भन्दै बाहिरका फार्मेशीहरु एक जुट भएर विरोध गरे । अस्पतालमा भर्ना भएका विरामीले आफुखुसी रुपमा औषधी किन्न पाउनुपर्छ । तर, अस्पताल प्रशासनले भित्रको फार्मेशीमा मात्र औषधी खरिद गरिनुपर्ने नियम बनाएर बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेश गर्न रोक लगाए । त्यसैको विरोधमा हस्पिटल बाहिरका फार्मेशीहरु एक जुट भएर आन्दोलनमा उत्रिएका थिए । उनीहरुले शुक्रबारपनि आन्दोलन गर्ने बताएका छन् ।
नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले सार्वजानिक स्थलमा खोलिएको हस्पिटल भित्र जोसुकै प्रवेश गर्न पाउनुपर्ने बताए । ‘एउटा व्यवसायीलाई पसल गरेकै भरमा हस्पिटल भित्र सुरक्षागार्ड लगाएर प्रवेशमा रोक लगाउनु हुदैन,’ उनले भने, ‘यस्तो घटनाको हामी घोर भत्सना र निन्दा गर्दछौं । ’
कर्णाली, ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये २ सय ३७ जना अर्थात ५२ प्रतिशत संक्रमित...
काठमाडौं, चैत ५–आजबाट कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद सम्हाल्ने भएका छन् । डा. चिरञ्जीवी नेपाल आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद समहाल्ने भएका हुन् । १ महिना अगाडि नै सिफारिस...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...
विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...
काठमाडौं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि अतिक्रमणको विषयमा भारतसँग आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतले आफ्नो मूल मर्मविपरीतको काम गरेको संकेत गरेका हुन् । भारतको निशान चिह्नले...
विराटनगर, २२ माघ । सुनसरीमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित खुनिया खोला पुलमा गए राति बस र ट्रक एक अपसमा ठोक्किएर आगलागी हुँदा तीन...
काठमाडौं, १६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण...