राशिफल

सुनसरी दुर्घटना अपडेटः एक भारतीयसहित तीन जनाको जलेर मृत्यु, २७ जना घाइते, १० जनाको विराटनगरमा उपचार हुँदै

 न्यूज विराट
सुनसरी दुर्घटना अपडेटः एक भारतीयसहित तीन जनाको जलेर मृत्यु, २७ जना घाइते, १० जनाको विराटनगरमा उपचार हुँदै

विराटनगर, २२ माघ । सुनसरीमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित खुनिया खोला पुलमा गए राति बस र ट्रक एक अपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको पुष्टि भएको हो ।

मृत्यु हुनेमा बसका चालक झापा गोलधापका सरोज राई, बसचालक पछाडीको सिटमा बसेका भारत पश्चिम बंगलको कालचिनीका नेहाल प्रधान र ट्रक चालक निजगढ बाराका शेख फारुक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको ना ५ ख २९९६ नम्बरको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको यात्रुवाहक बस आपसमा जुधेर आगलागी भएको थियो ।

ट्रक र बस एक आपसमा ठक्कर खाँदा ब्याट्री सट भएर आगलागी भएको प्रवक्ता बहादुर कार्कीले बताए । ‘पश्चिमतिर गइरहेको बस र पूर्वतर्फ आउँदै गरेको ट्रक हाइवेमा जुधेर सर्ट हुँदा आगो लागलागि भएर तीन जनाको मृत्यु भएको देखियो । दुइ जना ड्राइभर र एक जना बस चालकको पछाडी बसेका यात्रुमो डेथ भयो ।’ उनले भने,‘शव बीपी प्रतिष्ठान पठाएका छौँ । राति बस र ट्रक क्रेनले तानेर आगो नियन्त्रणमा लियौँ ।’

उनले आगो नियन्त्रणमा लिएपछि राति साढे १० बजे मात्रै सडक सुचारु गरिएको बताए । सो दुर्घटनामा परि २७ जना घाइते भएका छन् । सामान्य घाइतेहरु उपचारपछि घर फर्किएको र गम्भिर चोटपटक लागेका १० जना घाइतेको विराटनगरस्थित न्यूरो र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...