युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

 न्यूज विराट
युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव सिग्देल, सचिवमा रोमन कट्टेल र कोषाध्यक्षमा रितेस खनाल निर्विरोध निर्वाचन भएका छन् । त्यस्तै कार्यक्रम संयोजकमा संयम श्रेष्ठ, कानुनी संयोजकमा अभिशेक केडिया, तालिम संयोजकमा नविन झुनझुनावाला, सञ्चार संयोजकमा अर्नेश श्रेष्ठ, अन्तर संस्था संयोजकमा उत्कृष्ट भट्टराई र कार्यक्रम संयोजकमा संगीता धमला चयन भएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष मनोज विक्रम शाह, युनिशराज श्रेष्ठ र सृजन प्याकुरेललाई सम्मान गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विदेश पलायन हुने युवाको संख्या बढ्दै गएको भन्दै युवा पलायन रोक्नकालागि मञ्चले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेलगायतले व्यवशायीक एकतामा जोड दिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...

कोरोना संक्रिमत बढेपछि फेरि विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, २० साउन-लकडाउन अन्त्य गरेको घोषणासँगै फेरि कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् । केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि अवस्था जटिल हुने भन्दै प्रधानमन्त्री ओलीले आज...

बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ ।विराटनगरमा सोमबार भएको सहकारीको...

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघे

काठमाडौं, ३० असोज-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ...

प्रदेश ५ ले गर्‍यो गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

काठमाडौं, ८ जेठ-रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।...

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन्...

कोकाकोला उत्पादक कम्पनीमाथि राजस्वको छानबिन

काठमाडौं, ८ साउन । कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री...

निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्