विराटनगरको जि क्याफेमा एक जना युवाको रहस्यमय मृत्यु

 न्यूज विराट
विराटनगरको जि क्याफेमा एक जना युवाको रहस्यमय मृत्यु

विराटनगर । चर्चित ¥यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरस्थित ‘जि क्याफे एण्ड बिस्त्रो’ मा एक जना युवाको रहस्यमय मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको क्याफेमा रहस्यम तरिकाले मृत्यु भएको हो ।

अन्सारी क्याफेमा मासु बेच्न लैजाने गरेका थिए । गत असार ३ गते विहान बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए । मृतकका भाइ मासिदले मासु बिक्रि गरेको पैसा माग्न जाँदा आफ्ना दाजुको हत्या भएको आरोप लगाएका छन् ।
करिब २० वर्ष अघिदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेष्टुरेन्ट तथा क्याफेहरुमा मासु बिक्रि वितरण गर्दै आएका थिए । मृतकका परिवारले अन्सारीको योजनावद्ध हत्या भएकाले आफुहरुले सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरुविरुद्ध कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएको बताए ।
अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ का गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् ।
होटल संचालकले क्याफेको ढोकामा ढोकिएर अन्सारी घाइते भएको दाबी गरिएको छ । सिसाको ढोकामा ढोकिएर अन्सारीको तिघ्रामा गहिरो चोट लागेको र उपचारको लागि विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको दाबी गरिएको छ । अन्सारीको देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाई र १ इन्च गहिरो काटिएकाले नासा काटिएर मृत्यु बुझिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोस्मार्टम रिपोर्ट आएपछि थप खुल्नेछ ।’

सम्बन्धित समाचार

यस्ता छन् मंगलबारको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ६ कात्तिक-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रूपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ ।  विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी...

इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष...

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा राहत वितरण

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले काठमाडौंको बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण निरन्तर लकडाउन हुँदै आएपछि ज्यालादारी मजदुर तथा श्रमिक...

समुदायमा कोरोना कहरः संक्रमण रोकथामका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने

विराटनगर,साउन १६–कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा शुक्रबार बसेको बैठकले परिस्थितिको विश्लेषण गरि...

बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

विराटनगर, १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको...

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

दुर्घटनामा सव इन्जिनियर खानको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।हरैँचाबाट...

विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्