औषधी व्यवसायीको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरू, पहिलो दिन कोशी अस्पतालमा फलफूल वितरण

 न्यूज विराट
औषधी व्यवसायीको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरू, पहिलो दिन कोशी अस्पतालमा फलफूल वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने कार्यक्रमको सुरूवात बुधबारबाट भएको हो ।

पहिलो दिन विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरेका छन् । अस्पतालका बाल बिभाग शाखाका बालबालिकाहरू लाई फलफूल , हरलीक्स , बिस्कुट र जुस संघका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सीना , उपाध्यक्ष देशबन्धु ढकाल, कोशी हस्पीटलका कार्यवाहक मेशु डा. महेन्द्र प्रसाद महतो , पुर्ब मेशुहरू यज्ञराज खरेल , लक्ष्मी नारायण यादब , बाल बिभागका प्रमुख डा . राम नारायण चौधरी, कोशी अञ्चल शाखाका पुर्ब अध्यक्ष लक्ष्मण माझी चौधरीको उपस्थीतिमा वितरण गरिएको थियो ।

कार्यसमितिको ५१ औं बैठकले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको संघका उपाध्यक्ष तथा प्रवत्तःा ढकालले जानकारी दिए । संघको स्थापना दिवस असार १० गते पर्दछ । सोही अवसर पारेर संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, कोशी अस्पतालका विरामीलाई फलफूल वितरण, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सामाग्री वितरण, अग्रज औषधी व्यवसायीलाई सम्मान, झण्डोतोलनलगायतका कार्यक्रमहरु आयोजना गरी मनाउने निर्णय भएको उनले बताए ।

यस वर्ष संघको स्थापना दिवस भव्य र सभ्य तरिकाले मनाउने उनले बताए । संघको स्थापना दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

यस वर्ष हप्ताभरी कार्यक्रम गर्नको लागि संघले संयोजक र सह–संयोजकहरु पनि तोकेको छ । कार्यक्रमको मुल संयोजकमा संघका उपाध्यक्ष देशबन्धु ढकाल रहेका छन् । सह–संयोजकहरुमा प्रकाश धिमाल, पुष्पराज पोखरेल, सरिता चौधरी श्रेष्ठ, अनिल शर्मा चौधरी रहेको संघका उपाध्यक्ष तथा प्रवक्ता ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना भाइरसले नयाँ विश्व व्यवस्था जन्माउन सक्छः प्रचण्ड

काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी...

गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...

भिरबाट जङ्गलमा झरेर छटपटिएका कैलाशमको आर्या न्यूरो हस्पिटलमा सफल उपचार

विराटनगर । उपचार नपाएर पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगरस्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।उनीहरुले राजनीतिक दलमा अपाङ्गता...

नेपालमा कोरोनाबाट थप १ जनाको जनाको मृत्यु

अर्घाखाँची, २९ जेठ-अर्घाखाँची, २९ जेठ-अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्