असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

 न्यूज विराट
असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी–६ मा रहेको आश्रय मेडिकल हलले गर्भपतन गर्न दिएको औषधि सेवनबाट राईको अत्यधिक रक्तश्राव र संक्रमणका कारण उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनले दमक–४ घर भई उर्लाबारीमा मेडिकल पसल सञ्चालन गर्दै आएको ४० वर्षीय सन्तोष घिमिरेलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए ।
घिमिरेको मेडिकल हलमा जेठ ३२ गते गर्भपतन गराउनका लागि कल्पना पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘आश्रय मेडिकल हल पुगेकी कल्पनालाई औषधि दिएर अवैध तरिकाले गर्भपतन गराउँदा मृत्यु भएको खुलेको छ । मेडिकल सञ्चालकले अवैध तरिकाले गर्भपतन गराउन औषधि खुवाएका थिए । कल्पनालाई कुन औषधि दिइएको खुल्न सकेको छैन ।’

घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको प्रहरीले जनाएको छ ।
घिमिरेले गर्भपतनका लागि खान दिएको औषधि खाएपछि कल्पनालाई रक्तश्राव हुन थाल्यो र नरोकिएपछि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा थप उपचार लागि घिमिरेले नै लगेका थिए । ‘अस्पताल भर्ना गर्दा कल्पनाका श्रीमान युवराज पनि सँगै गएका थिए । गम्भीर अवस्थामा अस्पताल पुगेकी कल्पनालाई चिकित्सकले परीक्षण गर्दा गर्भमा रहेको शिशुको मृत्यु भइसकेको पत्ता लाग्यो,’ डिएसपी दाहालले भने ।

अस्पताल ल्याउँदा अवस्था धेरै गम्भीर रहेको र यहाँभन्दा पनि सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान भनेका थियौं, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले भने, ‘उनको परिवारले अन्यत्र लैजान आर्थिक समस्या रहेको भनेपछि यहाँ नै उपचार थाल्यौं । रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्नका लागि शल्यक्रिया गरे पनि रक्तश्राव रोकिएन ।’
बिरामीको शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि रेफर गरिएको डाक्टर साहले बताए । शनिबार राति नै थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियूमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्दैगर्दा आइतबार बिहान पौने ४ बजेति मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानमा उपचारका क्रममा मृत्यु भएपछि कल्पनाको शव ल्याएर ट्रमा सेन्टर अगाडि राखेर परिवार र आफन्तले ट्रमा सेन्टर र चिकित्सकविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले चिकित्सकको लापरबाहीले गर्दा घटना भएको भन्दै आइतबार दिनभर ट्रमा सेन्टर अगाडि शव राखेर लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका थिए।

प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन मेडिकल पसलले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि सञ्चालक घिमिरेलाई पक्राउ गरी मोरङ अदालतमा सोमबार ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव कोशी अस्पतालमा पोष्टमार्टपछि परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ ।

सुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले बताए । उनका अनुसार असुरक्षित गर्भपतनले अत्यधिक रक्तश्राव हुने, औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने, प्वाल पर्ने, संक्रमण हुन सक्ने जोखिम हुन्छ । पटक पटक गर्भपतन गर्ने महिलामा बाँझोपनको समस्या हुने उनले बताए । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा महिलाको ज्यान पनि जान सक्छ ।
मान्यता प्राप्त स्वास्थ्य संस्थामा तालिम लिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए स्वास्थ्यमा खासै असर नपर्ने उनले बताए ।
तर समाजको डर र अनिच्छित गर्भधारण आदिका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । औषधिको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराईन्छ ।

सम्बन्धित समाचार

लकडाउनमा प्रहरीको थप कडाइ

काठमाडाैं, बैशाख ३-उपत्यका प्रहरीले लकडाउनमा कडाइ गरेको छ । सरकारले मंगलबार लकडाउन बढाएर १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेसँगै प्रहरीले पनि लकडाउनमा कडाइ गरेको हो । यसअघि ११ चैतदेखि कोरोना भाइरस (कोभिड—१९) को जोखिम रहेको भन्दै...

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...

सपना मगरलाई ज्यान मार्ने धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौंमा बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेत पक्राउ परेका छन् । बीबीसीको प्रतिभाशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ ।  नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी...

निर्वाचनको माहोल तात्दै, आजदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं, २४ माघ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावी माहाेल तातेकाे छ । दलहरू निर्वाचनकाे तयारीमा हाेमिएका छन् । स्थानीय तहमा उम्मेदवार काे रहने भन्ने विषयले पनि सामाजिक सञ्जालमा चर्चा छाइरहेकाे...

पर्सामा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ९ भदौ-पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको...

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्