महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

 न्यूज विराट
महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सत्य नारायण साह, सचिवमा देव नारायण साह, कोषाध्यक्षमा सुनिता साह चयन भएका छन् ।

यस्तै सदस्यमा अञ्जु साह, सुनिता साह, संगिता कुमारी साह, सरिता साह, सत्य नारायण साह, संजय कुमार साह, रबि गुप्ता, दुर्गी नारायण साह र लक्ष्मण साह चयन भएका छन् । त्यसैगरि सल्लाहकारमा युवराज साह, रामेश्वर साह, सकलदेव साह, श्रीलाल साह, अरबिन्द कुमार साह र उपेन्द्र प्रसाद साह चयन भएका छन् ।

महानगर तदर्थ समितिका संयोजक सञ्जय साहका अध्यक्षतामा बसेको उक्त भेलामा समाजका जिल्ला अध्यक्ष डा।बालकृष्ण साह, जिल्ला सदस्यहरू उचित नारायण साह र गणेश साह, शिक्षा समिति संयोजक दिपक साह लगायत करिब ४५ जनाको उपस्थिति रहेको थियो ।

यसअघि वडा नम्बर ६ मा र वडा नम्बर ८ मा समिति गठन गरिसकिएको तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।

सम्बन्धित समाचार

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त गर्यो

विराटनगर । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ।उक्त उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले...

तातोपानी नाकाबाट एकै दिन ४ कन्टेनर स्वास्थ्य सामग्री भित्रियो

स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ...

कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु

जनकपुर, १ भदौ-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत ३१ साउनमा आइसोलेसनमा भर्ना भएका धनौजी गाउँपालिका—३ का ६५ वर्षीय पुरुषको सोमवार मृत्यु...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

भारतीय कारबाट ७३ किलो गाजा बरामद, विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ । कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा आइतबार बिहानका राति...

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ,...

नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्नेलाई कारबाहीको माग

काठमाडौं, २ भदौ-नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्ने मंगोल होप अफिसियल नामक युट्युब च्यानल तथा च्यानल संचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको छ । गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्