हाफ म्याराथन प्रतियोगिता हुँदै, बिजेतालाई एक लाख पुरस्कार
सोमबार, ०१ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । खेलकुद पर्यटन प्रवद्र्धन, विराट– बर्जु हाफ म्याराथन’ मुल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो ।
कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा विराटनगरको विराट राजा दरबार क्षेत्र देखि बर्जु तालसम्म म्याराथन दौड हुन लागेको सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ५ किलोमिटर महिला र पुरूष तर्फ हाफ म्याराथन दौड प्रतियोगिता हुने छ । आगामी जेष्ठ ६ गते हुने प्रतियोगितामा हाफ म्याराथन २३ किलोमिटर दौड हुने पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा सञ्जीवकुमार राईका अनुसार महिला तर्फ ५ किलोमिटर दौड र हाफ म्याराथन दौड विराटनगर महानगरपालिका वडा नम्बर १८ भेडियारीदेखि बर्जु गाउँपालिकाको बर्जु पोखरीसम्म हुनेछ । प्रतियोगितामा १०० जनाको सहभागिता रहने जानकारी दिएको हो ।
जेठ ४ गतेसम्म नाम दर्ताको समय दिइएको प्रतियोगितामा महिला र पुरूषको लागि फरक फरक पुरस्कारको व्यवस्था गरिएको छ । १० लाख लागतको खर्चको अनुमान गरिएको प्रतियोगितामा हाफ म्याराथनमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा सान्त्वना पुरस्कार ३ जनालाई १५ हजारको दरले उपलब्ध गराइने सचिव राईले बताए ।
महिला तर्फ ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने जानकारी दिइएको छ ।
एजेन्सी, जेठ ३१-युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् । उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो ।मोडुलर...
नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...
रुकुम, ४ असार-रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको ४ दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा...
सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...
काठमाडौं, चैत ३–नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटाएसँगै उपत्यकामा पेट्रोलको मूल्य...
काठमाडौं, ४ जेठ-आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने...