उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीले गुहारे सरोकारवाला
आइतबार, ३१ बैशाख, २०८०,
न्यूज विराट
विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् ।
मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।
मोरङ कारागारका १२ जना कैदीबन्दीहरुले उपचारको लागि सहजिकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग , नेपाल पत्रकार महासंघ कोशी प्रदेशसहित आधा दर्जन बढी निकायमा पत्र पढाएका छन् ।
‘कारागार व्यावस्थापन विभागका अनुसार कोहि कैदिबन्दिहरु विरामी भएमा रोग र विरामी अनुसार आफ्नै खर्चमा हस्पिटल जान पाउने प्रावधान रहेको छ । तर मोरङ कारागारमा रहेका १२ जना बन्दिहरुलाई रकम नदिएकै भरमा जेलर कोइरालाले जान दिएका छैनन्,’ उनीहरुले पत्रमा उल्लेख गरेका छन् ।
पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिध्दिकी (अव्दुल खताव) रफुल मियाँ,दिपक दास,बलबहादुर नेपाल,ओम प्रकाश मण्डल,अक्षय मण्डल, साहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, मो जहाँगिर लगायतले बारम्बार कारागार प्रशासनलाइ चिठ्ठि पठाउँदा समेत जेलर कोईरालाले कुनै हस्पिटल जान नदिएको उनीहरुको भनाई छ ।
‘कारागार प्रसाशनले उपचारका लागि पत्र दिएता पनी रकम नबुझाए पछी जेलरले हस्ताक्षर गर्दैनन् । उपचार गर्नका लागि जान पटक पटक पत्र पठाएता पनी रकम माग्ने गरेको र नदिए सम्म उपचारमा जान नपाउने गरेका छौं,’ कैदीबन्दीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
मोरङ कारागारका जेलर कोइरालाले आफुलाइ थाहा नभएको र कैदीबन्दीले लगाएको यो सरासर गलत भएको बताए । ‘म कानुन अनुसार चल्ने हो,’ उनले भने, ‘कैदीबन्दी विरामी भए सरकारी हस्पिटलमा लैजाने हो । त्यहाँ उपचार हुन नसके चित्सिकको सिफारिसमा निजीमा पढाउने हो ।’ कैदीबन्दीको आफुखुसी जुनमा मन लागो त्यही जाने व्यवस्था नभएको उनले बताए ।
काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय...
विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी...
काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...
एजेन्सी, १७ भदौ-भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...
विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...
विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन...