यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमान

 न्यूज विराट
यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ’, पोखरेलले भने, ‘त्यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ ।’

विगतको तथ्यांक विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको छ ।

प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, ‘विगतका वर्षको अनुभव हेर्दा साउन­असोजमा बढी प्रभाव पारेको देखिएको छ ।’ उनले बाढी­पहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउँछन् ।

प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पुर्‍याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानूनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्नेर समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउँछन् ।

सोही पूर्वतयारीका लागि आज प्राधिकरणले समन्वयात्मक रुपमा भर्चुअल बैठकसमेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्षति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड दिन्छन् । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खौँचो रहेको उनले औँल्याए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन् । ‘प्रिमनसुनमा जसरी वर्षा हुनुपर्न थियो भएन, अहिले बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदैछ जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ’, उनले भने ।

विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घण्टै पूर्व सूचना दिने गरिएको बताउँछन् । केही हप्ताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए । ‘हामीले ठूला र साना खोलाको अबस्था कस्तो रहने छ भनेरसमेत  दिने गरेका छौँ’, उनले थपे ।

संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको विपद्मा संयुक्त राष्ट्रसंघको सधैँ साथ र सहयोग रहने उल्लेख गर्दै कोभिड—१९, त्यसको आर्थिक संकट र मनसुनजन्य विपद्मा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा राखिन् । जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मसुलकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारणको तयारी थालिएको छ ।

यादवले सीमावर्ती क्षेत्र तटबन्ध र अरु संरचनाले पुर्‍याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम शुरु भएको बताए । सीमा क्षेत्रमा वर्षेनी डुबान हुँदै आएको छ । बजेटको अभाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल विपद्को समयमा नागरिकलाई सचेत बनाउन मिडिया प्रभावकारी माध्याम हुने बताए । कोरोनाका बेला मास्कको प्रयोग गर्ने विषयमा  ८५ प्रतिशत मानिसले मिडियाबाट जानकारी पाएको भन्ने अध्यययनबाट देखाएकाले विपद्का बेलामा पनि मिडियामार्फत सूचना जाँदा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

बिहीबारबाट विराट एक्स्पो, राष्ट्रपतिले उद्घाटन गर्ने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पो आज बिहीबारबाट सुरू हुदैछ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू हुन लागेको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले बिहीबार...

कोरोनाको खोप बन्ने आशा निराशामा बदलियो

एजेन्सी, बैशाख १२ -कोरोना भाइरसको संक्रमणमा एक प्रभावकारी एन्टस् भाइरल ड्रग असफल भएको छ । यो यसभन्दाअघि ¥यान्डम क्लिनिकल परीक्षणमा असफल भएको थियो । यसलाई लिएर संसारभरमा निकै आशा गरिएको थियो । यसको नाम रेमडेसिभियर...

मोरङ २ मा सुजाता र ऋषिकेशबीच कडा प्रतिस्पर्धा

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

लुकिछिपी नेपाल छिरेका १५ भारतीयमा देखिएन कोरोना संक्रमण

महोत्तरी, ८ वैशाख-लकडाउनका अवस्थामा गत २२ चैत राति लुकिछिपी भारतबाट महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती...

प्रदेश १ मा आज ६७० जना डिस्चार्ज हुँदा ६५ सक्रमित थपिए

विराटनगर, ४ पुस- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म...

तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुँदै

विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।बुधबार विराटनगरमा आयोजित...

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन, राष्ट्रियसभामा भुसाल

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । नेपाल एकीकृत समाजवादीका अध्यक्ष पनि हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्