मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

 न्यूज विराट
मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका छन् हुन ।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन । उनी शनिवार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन । उनी हाइटेन्सन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ ।

‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’ अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।

वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो । गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन् ।

सम्बन्धित समाचार

पूर्व विद्यार्थीले जनता स्कुलमा ई–लाइबेरी बनाइदिने

विराटनगर । विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाइदिने भएको छ । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने...

बालुवाटारमा ओलीलाई देउवाका ५ सुझाव

काठमाडौं,१२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो निर्णयप्रति गम्भीर आपत्ति जनाएका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार गएको बताए । सुरुवातमा देउवा...

सुडान घोटालाका दोषी पूर्व आईजीपी ठकुरी आज जेल मुक्त हुँदै 

काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका...

बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ, २३ जेठ-बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ । त्यस्तै, बझाङका १ जनाको सुर्खेतमा उपचार भइरहेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा...

लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह...

२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...

कोरोना त्रास: प्रदेश १ का ३ स्थानमा क्वारेन्टाइन स्थापना

विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको...

प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्