नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउँछु : डिआइजी बास्तोला

 न्यूज विराट
नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउँछु : डिआइजी बास्तोला

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरिय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।
विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ईलाका प्रहरी कार्यालय स्तर सम्म रहेका नागरिक सहायता कक्षलाई अझ व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताएका हुन् ।

‘सेवाग्राही संग नम्र, मृदुभाषा प्रयोग गर्ने,क्षमतावान प्रहरी कर्मचारीहरूलाई जिम्मेवारी दिईनेछ,’ उनले भने ।
डिआइजी बास्तोलाले प्रहरी कर्मचारीहरुमा दरवन्दीमा गएर काम गर्नु पर्ने भन्ने भावनाको विकाश गराउन लागि पर्ने बताए । ‘काज पद्दतीलाई व्यक्तिको आवश्यक्तामा भन्दा कार्यालयको आवश्यक्तामा गर्ने परिपाटीको थालनी गर्नेछु,’ उनले भने, ‘ प्रधान कार्यालयको सरूवा नीति अनुसार सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो तोकिएको दरवन्दीमा अनिवार्य रूपमा रवाना गराएर पढाउनेछु ।’ भष्टचारमा शुन्य सहनशिलताको नीति कडाईका साथ अवलम्बन गरेर अगाडी बढने उनले बताए । प्रहरी पोशाक, डियुटी दुरूस्त गर्ने, नम्र र शिष्ट भई कडाईका साथ कानूनको पालना गराउन आफु लागि पर्ने उनले बताए ।

फरार अपराधि पक्राउ तथा पेण्डिङ मुद्दाको फलोअपलाई तिब्रता दिएर अगाडी बढने डिआइजी बास्तोलाले बताए । ‘सम्मानित अदालत सँगको समन्वय र सहकार्यमा विशेष टोली गठन गरी फरार अपराधी पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा संचालन गर्ने योजना रहेको छ,’ उनले भने, ‘पेण्डिङ मुद्दाहरूको फर्छौटको लागि सिनियर प्रहरी अधिकृतहरूलाई जिम्मेवार बनाई निरन्तर फलोअप गर्न लगाउनेछु ।’ हराएको व्यक्तिहरूका सम्बन्धमा चौकी स्तर सम्म फोटोसहितको अभिलेख व्यवस्थापन गरी खोजी कार्यलाई व्यवस्थित एवं परिणाममुखी बनाउन लागी पर्ने उनले बताए । हराएका व्यक्तिहरु खोजतलास कार्यलाई अरु मुद्दा सरह अनुसन्धान एवम खोजतसाल गर्ने उनको भनाइ छ ।


सिमावर्ती अपराध एवं तस्करी नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरेर अगाडी बढने उनले बताए । ‘सिमाक्षेत्रमा रहेका प्रत्येक प्रहरी कार्यालयहरूले बिशेष कार्ययोजना बनाई लागुऔषध ओसारपसार, बिक्रि बितरण, मानव तस्करी, राजश्व चुहावटलाई पुर्णरूपमा निस्तेज पार्नेछु,’ उनले भने, ‘भन्सार सँग सम्बन्धीत सरोकारवाला निकायहरू सँग राजस्व छलीको प्रवृतीलाई पूर्ण नियन्त्रण गर्ने, भारतिय काउन्टर पार्टससँग समेत निरन्तर समन्वय र सहकार्य गरी राजस्व चुवाट रोक्न लागि पर्नेछौं ।’
डिआइजी बास्तोलाले स्मार्ट प्रहरी कार्यालय निर्माणलाई प्राथमिकता दिने बताए । संघिय सरकार तथा स्थानीय सरकारको सहयोगमा बन्ने नयाँ प्रहरी कार्यालयहरूलाई प्रविधीमैत्री बनाउदै, थप साधनश्रोतबाट सुसम्पन्न गर्न पहल गर्ने उनले बताए । यसअघि संचालन भएको आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान, लागू औषध दुव्र्यसन बिरुद्धको बिशेष अभियानहरुलाई निरन्ता दिएर अगाडी बढने उनले बताए ।

सम्बन्धित समाचार

नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...

घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । उर्लावारी...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ । हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका...

हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । कलेजमा अध्ययरत विद्यार्थीहरूको समूह बनाएर प्रतियोगिता आयोजना गरिएको थियो । जसमा...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्