लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक छ : मेयर कोइराला
मङ्गलबार, १२ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हिंसापीडित महिलाहरुलाई सहयोग गर्न महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् । लैंगिक विभेद आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसी नेपालले मंगलबार आयोजना गरेको सरोकारवालासितको छलफलमा मेयर कोइरालाले महानगरले विभिन्न संघसंस्थामार्फत हिंसापीडितका लागि काम गरिरहेको सुनाए । उनले आगामी वर्षको बजेटमा समेत महिला हिंसापीडितका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । “महानगर आफैंले गर्ने होइन, अन्य संघसंस्थामार्फत पीडितहरुको पक्षमा काम गर्ने हो,” कोइरालाले भने, “जुन एवीसी नेपालजस्ता संघसंस्थाहरुमार्फत काम गरिरहेका छौं ।” उनले महिला हिंसा रोकथाम र नियन्त्रणका लागि महानगर सधैं गम्भीर रहेको उल्लेख गरे । तीनै तहको सरकार र सामाजिक संघसंस्थासहित विभिन्न निकायको सहकार्यबाट मात्रै लैंगिक हिंसा रोकथाम र नियन्त्रण गर्न सकिने मेयर कोइरालाको भनाइ थियो । त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महिला हिंसापीडितका लागि भनेर महानगरले छुट्टै बजेट नै छुट्याउने गरेको जानकारी दिइन् । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिइन् । २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उनको भनाइ थियो । कार्यक्रममा महिला हिंसा रोकथाम र नियन्त्रणका उपायका विषयमा विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए । परियोजनाअन्तर्गत ओखलढुंगा, उदयपुर र मोरङका ९ वटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
विराटनगर । विराटनगरको मुनालपथ अगाडी सुरू भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमले बिजय दशमी र शुभ दिपावलीलाई लक्षित गरी सुरू गरेको मेलामा...
विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...
एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...
काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...
विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...
विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...
विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...
विराटनगर, २९ जेठ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका...