विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको आजको फाइनलमा विभागीय टिम त्रिभूवन आर्मीलाई घरेलु टिम एनबीएससीले १११ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशवलप २ बलमा सबै विकेट गुमाई ११० रन बनाएको छ । जसमा एनबीबएसकी कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इङनिङ खेले । अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबीएससीका अरु ब्याटरले दोहोरो अंक छोएनन् । एमडीले अविजित ८ रनको योगदान दिए ।
बलिङमा आर्मीका बिक्रम सोपले घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन । आर्मीका बिक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।
प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ । विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिमको सहभागि रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...
विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...
विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...
विराटनगर, १२ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ...
संखुवासभाको सभापोखरी गाउँपालिकाबाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ । सभापोखरी–२ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएका ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो । अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई...
काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो । स्वास्थ्य उपचार गरेका विरामीहरुले...
विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...