
एजेन्सी, जेठ ३०-भारतको सर्वोच्च अदालतले कोरोना भाइरसका विरामीको उपचार र शब व्यवस्थापनमा भइरहेको व्यवहारलाई लिएर कडा आदेश जारी गरेको छ ।
अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि मानिसका शब फोहोरको थुप्रोमा भेटिन थालेका छन् भने मानिसमाथि जनवारभन्दा पनि तल्लो स्तरको व्यवहार भइरहेको छ ।’ यो घटनामा अब १७ जुनमा पुनः सुनुवाई हुनेछ ।