बीआइएममा नेपाल टप गर्ने आस्मा र उत्कृष्ट हुने सपनालाई हिमालय दर्शनको सम्मान

 न्यूज विराट
बीआइएममा नेपाल टप गर्ने आस्मा र उत्कृष्ट हुने सपनालाई हिमालय दर्शनको सम्मान

विराटनगर । त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र सपना झालाई सम्मान गरिएको छ ।

हिमालय कलेजले आइतबार विहान एक कार्यक्रमको बीच नेपाल टप गर्ने आस्मा र उत्कृष्ट नतिजा ल्याउने सपनालाई नगदहित सम्मान गरेको हो ।

शुक्रबार प्रकाशित भएको नतिजा अनुसार आस्माले बीआइएम तेस्रो सेमिस्टरको परीक्षामा ४ जिपिए ल्याएर नेपाल टप गरेकी छिन् । यस्तै सपनाले ३.९४ जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याएको कलेजले दाबी गरेको छ । नेपाल टप गर्ने आस्माले प्लसटु विराटनगरस्थित शिक्षादीप कलेजबाट गरेर हिमालय दर्शनमा बीआइएम पढदै आएकी हुन् । उनीहरुले पहिलो र दोस्रो सेमिस्टरमा पनि उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण भएका थिए ।

नेपाल टप गर्ने छात्रा आस्मालाई नगद २१ हजार र उत्कृष्ट नतिजा ल्याउने सपनालाई कलेजले नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरेको गरेको थियो । आस्माको वुवा विरेन्द्रराज तुलाधार र सपनाको अभिभावक रुपेश झालाई पनि सम्मान गरियो । उनीहरूलाइ कलेज प्रमुख भरत सापकोटा, संस्थापक निर्देशकहरु शैलेन्द्रराज शिवाकोटी, ज्ञानबहादुर खड्का, भेषराज पोखरेललगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै आस्माले मेहनतको कारणले आज आएर सफलता पाएको बताइन् । कलेजका शिक्षकहरुले दिएको गुणस्तरीय शिक्षा व्यवर्हारमा उतारेको कारणले आज सफलता मिलेको उनले बताइन् । यो सफलताको श्रेय शिक्षक र अभिभावकहरुलाई दिने उनले बताइन् ।

बीआइएम तेस्रो सेमेस्टरको परीक्षामा ४ जिपिए ल्याउने आस्मा तुलाधार ।

कार्यक्रममा कलेज प्रमुख भरत सापकोटाले गुणस्तरीय शिक्षामा हिमालय दर्शन कलेजले कुनै पनि कसुर बाँकी नराखेको बताए । गुणस्तरीय शिक्षा सँगै रोजगारमुलक शिक्षा दिन हिमालय दर्शन कलेज अगाडी रहेको उनले बताए । कार्यक्रममा कलेजका संस्थापक निर्देशक शैलेन्द्र राज शिवाकोटीले बीआइएममा नेपाल टप र प्रदेश टप गर्ने विद्यार्थीलाई सफलताको शुभकामना दिए । कार्यक्रममा हिमालय दर्शन कलेजका संस्थापक निर्देशक ज्ञानबहादुर खड्का, भेषराज पोखरेल, कलेजका शिक्षकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हँुदै

काठमाडौँ, ६ मङ्सिर-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा...

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २४ माघ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२...

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरमा सम्पन्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग

विराटनगर, २ मंसिर । नेकपा एमाले प्रदेश १ ले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ । विराटनगरमा आज सम्पन्न नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठकमा...

प्रदेश २ मा आज मात्रै ४५ जना संक्रमित थपिए

जनकपुरधाम, १४ जेठ-प्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब...

मुग्लिन सडक : सास्तीमाथि सास्ती

चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...

विराटनगरमा २१ वर्षपछि नेपथ्य, उत्रियो जनसागर (फोटो फिचर)

विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले विराटनगरमा आयोजित कन्सर्टमा धमका मच्चियो । कार्यक्रममा यसपटक कीर्तिमानी दर्शकको उपस्थिति थियो । विराटनगरस्थित हाटखोला मैदानमा भएको कन्सर्टमा नेपथ्यको सांगीतिक...

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो । थापाले आफू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्