पत्रकार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने सम्मानित
आइतबार, ०३ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले कवि एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । वडाका बासिन्दा नवोदित नेपाल प्रेस युनियनको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएकाले सम्मान गरिएको वडा सभापति हरिनारायण यादवले बताए । कार्यक्रममा नवोदितलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । साहित्य र पत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि सक्रिय नवोदित विराटनगरमा भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । त्यसैगरी सोही अवसरमा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेललाई पनि सम्मान गरिएको थियो । वडाको पार्टी कार्यालय सञ्चालनका लागि आर्थिक सहयोग गरेका पोखरेल पनि वडाका बासिन्दा हुन् । त्यस्तै ज्येष्ठ नागरिक एवं लामो समय कांग्रेसको क्रियाशील सदस्य रही पार्टीलाई महत्वपूर्ण सहयोग गर्ने फागु ऋषिदेव, भोलु राजवंशी, दिनानाथ बन्जरा खोचीदेवी सरदार र नन्दु मण्डललाई सम्मान गरेको छ ।
विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका...
विराटनगर । महिलाहरुलाई साक्षर बनाउने अभियानमा रोटरी क्लब अफ विराटनगर डाउनटाउन जुटेको छ । अन्तराष्ट्रिय महिला दिवर र विश्व साक्षरता दिवसको अवसर पारेर क्लबले साक्षरता अभियानको सुरुवात गरेको हो। रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बुद्धनगरका...
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको...
[caption id="attachment_47283" align="alignnone" width="906"] दुर्गाप्रसाद सिग्देल (वि.नि.) पथरीशनिश्चरे न.पा., मोरङ[/caption] दिनचर्या कसरी बिताइरहनु भएको छ ? म पथरीशनिश्चरे नगरपालिकामा शिक्षा अधिकृतको रुपमा ठ्याक्कै भन्नु पर्दा २०७४ साल कात्र्तिmक २१ गतेबाट हाजिर भएको हो ।...
विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३...
विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...