‘पथरीशनिश्चरे नगरपालिका शैक्षिक क्षेत्रमा बैग्लै पहिचान बनाउन सफल छ’

 न्यूज विराट

 

दुर्गाप्रसाद सिग्देल (वि.नि.) पथरीशनिश्चरे न.पा., मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
म पथरीशनिश्चरे नगरपालिकामा शिक्षा अधिकृतको रुपमा ठ्याक्कै भन्नु पर्दा २०७४ साल कात्र्तिmक २१ गतेबाट हाजिर भएको हो । त्यस्तै पथरी र लेटाङ स्रोत केन्द्र हेरिरहेको अवस्था छ । खासमा शिक्षा अधिकृतको रुपमा रहेबाट नै प्रायःजसो समय भनेका दैनिक प्रशासनिक कामहरु लगायत अन्य शैक्षिक क्रियाकलापहरुमा नै दिनहरु बित्ने गरेका छन् ।

अहिलेको अवस्थाको कुरा गर्दा पथरीशनिश्चरे नगरको शिक्षाक्षेत्रमा के कस्ता समस्याहरु देखिएका छन् ?
यस मोरङ जिल्लाभरीका नगरपालिकाहरुमध्ये पथरीशनिश्चरे नगरपालिका पनि एउटा शैक्षिक क्षेत्रको हिसाबमा बैग्लै पहिचान बनाउन सफल नगरपालिकाको रुपमा रहेको छ । यस नगरभित्र सामुदायिक र संस्थागत विद्यालयहरु गरेर थुप्रै राम्रा अनि नमुना विद्यालयहरु पनि छन् । त्यस्तै केहि विद्यालयहरु भने राम्राको सूचीमा आउन नसकेका पनि छन् । मैले विशेष गरेर शैक्षिक क्रियाकलाप, सिकाइ उपलब्धि जस्ता कुरा देखेको छु । अन्य भनेको भौतिक निर्माणका कुरामा विद्यालयहरु सम्पन्न नै देख्छु । खास गरेर शिक्षकको दरबन्दीको समस्या र शैक्षिक उपलब्धि जस्ता विषयलाई समस्या र चुनौतीको रुपमा हेरेको छु ।

शिक्षा अधिकृतको रुपमा काम गरिरहेको अवस्थामा के कति जिम्मेवारी लिएको महसुस भएको छ र कस्ता किसिमका पहलहरु गर्नु भएको छ ?
वास्तवमा स्थानीय सरकारको सञ्चालन भएपछिको अवस्थामा ठुलो समस्याको रुपमा रहेको विषय भनेको कर्मचारी व्यवस्थापन हो र अहिलेसम्म पनि सही तरिकाबाट व्यवस्थापन भएको अवस्था रहेको छैन । मैले पनि थुप्रै क्षेत्रसँग सम्बन्धी कामहरु सम्हालिरहेको अवस्था छ । सोचे जतिको कामहरु भने नभए पनि कम्तिमा विद्यालयहरुमा गएर विद्यालयसँग बैठक बसेर उहाँहरुको विद्यालयसम्बन्धी राम्रा र कमजोर पक्ष र समस्याहरुका विषयमा सरसल्लाह र सुझाव समेत दिने गरेको अवस्था छ ।

 

दुर्गाप्रसाद सिग्देल (वि.नि.) पथरीशनिश्चरे न.पा., मोरङ

सामुदायिक विद्यालयहरुमा सुधार गर्नु पर्ने र गरेका कुराहरु बारे पनि बताइदिनुहोस् न ?
यस नगरभित्र जम्मा २६ वटा सामुदायिक विद्यालयहरु र एउटा धार्मिक विद्यालय रहेको छ । त्यस्तै यी विद्यालयहरुका लागि सरकारबाट विभिन्न अनुदान पनि दिइरहेको अवस्था छ । पाठ्यपुस्तक वितरण, छात्रवृत्ति प्रदान जस्ता कार्यक्रमहरुको कार्यान्वयनको पाटोलाई पनि अघि बढाउँदै लगिरहेको अवस्था छ । नगरबाट शिक्षासँग सम्बन्धी छुट्याइने बजेटबाट सामुदायिक विद्यालयहरुको दरबन्दीमा पनि छुट्याउने प्रयास गरेका छौँ । त्यस्तै नियमित विद्यालय नआउने विद्यार्थीलाई विभिन्न किसिमका कार्यक्रममार्पmत् विद्यालय नियमित आउने बनाउन सक्ने आशा राखेका छौँ ।

राज्यले सामुदायिक विद्यालयहरुमा लगानी गरेअनुसारको गुणस्तरीय शिक्षा नपाएको कुरा सुन्नमा आएको छ र यस बारेमा के बताउन चाहनुहुन्छ ?
यस विषयमा हेर्दा चाहिँ हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो । कुनै विद्यालयहरु भने उत्कृष्ट पनि छन् र जसमा मुख्य कुरा शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध राम्रो हुनु पनि हो । उहाँहरु विद्यार्थी र शिक्षाको विषयलाई लिएर सकारात्मक र सचेत हुनुहुन्छ । शिक्षक र अभिभावकले नै पनि विद्यार्थीलाई बढी समय दिएर पढाइप्रतिको क्रियाकलापमा रेखदेख अनि खोजी गर्ने गरेको छ । जसमा विद्यार्थीलाई नियमित विद्यालय पठाउने अभिभावक पनि रहेका छन् । तर यी राम्रा कुराहरुसँगै शिक्षक र अभिभावकहरु पनि छन् जो विद््यार्थी र उनका शिक्षाप्रति त्यति चासो नदिएको अवस्था छ । जसले गर्दा विद्यालय भनु या विद्यार्थीमा शिक्षाको गुणस्तरमा कमी आएको छ ।

यस नगरभित्र संस्थागत विद्यालयहरुको सङ्ख्या कति रहेको छ र ती विद्यालयहरु कसरी अघि बढिरहेको अवस्था छ ?
संस्थागत विद्यालयहरुको सङ्ख्याको कुरा गर्दा अहिलेसम्मको तथ्याङ्कअनुसार पथरीशनिश्चरे नगरपालिकामा ३७ वटा रहेका छन् । जसमा प्लेग्रुप तथा नर्सरी देखि कक्षा १२ सम्मको कक्षा सञ्चालनमा रहेको छ । निजी र सामुदायिक विद्यालयहरुमा तुलना गर्दा पढाइको गुणस्तरमा त्यत्ति भिन्नता रहेको छैन । तर पनि एसईईको नतिजालाई आधार मान्दा चाहिँ निजी विद्यालयहरुको अवस्था निकै माथि रहेको पाइन्छ । जसले गर्दा सामुदायिक विद्यालयहरुको गुणस्तरमा कमी देखिएको हो । निजी विद्यालयहरुमा नतिजा र शिक्षाको गुणस्तर राम्रो देखिनुमा विद्यालय प्रशासन तथा शिक्षकहरु आफ्ना विद्यार्थीहरुप्रति बढी नै सचेत रहेर पढाइ बाहेक अन्य थप कक्षाहरु सञ्चालन गर्ने, विद्यार्थीलाई नियमित विद्यालय आउन प्रोत्साहन गर्ने र साथै विद्यार्थी र अभिभावकसमेत आफ्ना नानीहरुको पढाइलाई लिएर ंसंवेदनशील भएर अघि बढेको अवस्थाले गर्दा पनि नतिजा राम्रो ल्याउन सकिरहेको अवस्था हो । त्यस्तै ती क्रियाकलापमा सामुदायिक विद्यालयहरु अलि पछि नै रहेकाले पनि उक्त अवस्थामा पुग्न अभैm समय लाग्ने छ । संस्थागत विद्यालयहरु सबैजसोमा उक्त प्रवृत्ति कायम रहेको छ र पढाइको विषयमा कुनै सङ्कोच नमानीकन सामुदायिक विद्यालयहरुले पनि यस्ता गतिविधि सञ्चालन गरिनुपर्छ । अहिलेको अवस्थामा सामुदायिक विद्यालयहरु पनि प्रतियोगितामा रहेको र राम्रो नै छ जस्तो लाग्छ ।

सामुदायिक विद्यालयहरुले त्यो स्तरमा पुग्न कसरी बढ्नुपर्छ होला ?
मरो विचारमा हेर्दा सामुदायिक विद्यालयहरुमा पढ्ने कुरालाई लिएर विद्यार्थीप्रति त्यत्ति केयर नगरिएको र अभिभावक पनि सचेत नरहेको अवस्था छ । त्यस्तै विद्यालय प्रशासन पनि उक्त विषयमा कमजोर नै रहेको पाइएको छ तर केहि हदसम्म भएता पनि निरन्तरता भने दिन सकिरहेको अवस्थ छैन । शिक्षकहरुले आप्mना पठनपाठनदेखि प्रशासनिक काम र थकित भएको अवस्थाको बावजुत पनि काममा नै रहने गर्नाले पनि यस्ता कमजोरी देखिएका होलान् भन्ने लागेको छ र यही कारण पनि हुन सक्छ ।

निजी विद्यालयहरुले चर्को शुल्क लिइरहेको कुरा सुन्नमा आएको छ र शिक्षा अधिकृतको रुपमा रहेर यस विषयलाई कसरी हेरिरहनु भएको छ ?
यस विषयमा पनि जनगुनासो भने पक्कै नआएको होइन । निजी विद्यालयहरुमा पढाइ भनेका बालमैत्री नै छन् । अहिलेको पढाइ भनेको पढाइ केन्द्रित भन्दा पनि सिकाइ केन्द्रित रहेको छ । चर्को शुल्कको विषयमा गत वर्ष पनि प्रयास भएको हो । अब भनेको विद्यालयहरुले शैक्षिक सत्र अन्त्य हुन २ महिना अघि नै आप्mना विद्यालयले लगाउने शुल्कको सम्पूर्ण विषय छुट्याएर विवरण नगर शिक्षा समितिमा पेश गरिने छ र उक्त विवरण समितिले हेर्ने छन् । जसबाट अभिभावक र विद्यालय प्रशासनबिचमा समय सुहाउँदो र कसैैलाई पनि भार नपर्ने गरिको शुल्क कायम गरिने छ । यसबाट नियमअनुसारको प्रस्तावित कार्यहरुको कार्यान्वयन भए नभएको अनुगमन पनि गरिने छ ।

हजुरले शैक्षिक काम गर्नुहन्छ र प्रशासनिक कामअन्तर्गत चाहिँ विद्यालयमा विद्यार्थीहरुले केके सुविधा पाएका छन् र कस्ता किसिमका कामहरु नगरबाट भइरहेका छन् ?
प्रशासनिक कामअन्तर्गत केहि कार्यक्रमहरु भइरहेका छन् । विद्यालयमा पोशाकमा एकरुपता, बाल र एक कक्षासम्म विद्यार्थीहरुलाई टिफिन बक्स वितरणको कार्यक्रम राख्ने छौँ । निशुल्क पाठ्यपुस्तक वितरण, छात्रवृत्तिको व्यवस्था र नयाँ भर्नालाई निरन्तर मूल्याङ्कन जस्ता कुरालाई विशेष ध्यानमा राखेको अवस्था छ । त्यस्तै यसबाट विद्यार्थीका गतिविधि रेकर्ड राखिने गरिन्छ । त्यस्तै हामी भविष्यमा पनि सूचकको रुपमा अनुगमन गर्ने छौँ । आगामी दिनहरुमा योजना समस्या र समाधानका लागि सँगै लागेर विकल्पहरुको खोजी गर्ने छौँ । त्यस्तै नियमितता र आपैmँले पनि समस्याका विषयलाई लिएर सकेसम्मको समाधानको उपाय पहलाउन लगाउने छौँ । हामीले कुराकानीभन्दा पनि सोचमा परिवर्तन ल्याउन जरुरी छ । खासमा भन्नु पर्दा राज्यले तलब अनि सेवासुविधा दिएर काममा लगाइएको छ र आप्mनो कामको जिम्मावारीका साथ लागि पर्नु पर्ने कुरा हुन्छ । त्यस्तै केहि संस्थागत विद्यालयहरुको हकमा चाहिँ सरकारबाट स्वीकृत प्राप्त नभएका पनि छन् र त्यस्ता विद्यालप्रति अभिभावक र शिक्षक समेत सचेत हुनु आवश्यक हुन्छ । त्यस्तै केहि त्यस्ता विद्यालयहरुलाई नियन्त्रणमा लिएका पनि छौँ । विद्यालयहरुले पनि आप्mना विद्यालयका विशेषता बारेमा प्रचारप्रसारको आवश्यकता हुन्छ । यस नगरको शिक्षा अधिकृत भएको हैसियतले पनि व्यक्तिगत रुपमा पनि प्रयासरत छु । हामी शिक्षाको विषयमा सुधारात्मक अवस्थामा छौँ र उत्कृष्ट बनाउने उद्देश्यका साथ लागि परेका छौँ ।
प्रस्तुति ः अर्पणा केसी÷भोजकुमार तामाङ

सम्बन्धित समाचार

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

दमक–लखनपुर भेट्रान क्लब फाइनलमा

विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...

सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला

विराटनगर । विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोनामा उक्त कार्यशाला सम्पन्न भएको हो । कार्यकालामा ३५ जना विद्यार्थीहरुलाई भविष्यमा तयार पार्दै सिकाउने चुनौतीलाई कसरी...

पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु

विराटनगर, २८ मंसिर-तेह्रथुमको छथर गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका-६ सुदापस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय इन्द्रबहादुर लिम्बुका सात वर्षीया रन्जना र पाँच वर्षीया छोरी रोजनी लिम्बु र देवेन्द्र लिम्बुकी...

माटाेमुनि गाढेकाे १५ केजि गाँजा माेरङकाे भाथिगंछबाट बरामद

विराटनगर । मोरङकाे जहदा गाउपालिका २ भाथीगंछबाट माटाेमुनि लुकाएको १५ केजि गाँजा प्रहरिले बरामद गरेकाे छ । इलका प्रहरी कार्यलय रानी विराटनगरले बिशेष सुराकीको आधारमा आज बिहान गाँजा बासकाे झ्याङबाटबरामद गरेकाे हाे । प्रहरीले बरामद...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्